Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

पूर्वमन्त्री गुरुङ्गको लोभलाग्दो सक्रियता, क-कसको पहलमा मनाङ्ग पुग्यो ३० लाखको राहत ?

पूर्वमन्त्री गुरुङ्गको लोभलाग्दो सक्रियता, क-कसको पहलमा मनाङ्ग पुग्यो ३० लाखको राहत ?


  • 11.8K
    Shares

    पूर्वमन्त्री गुरुङ्गको लोभलाग्दो सक्रियता, क-कसको पहलमा मनाङ्ग पुग्यो ३० लाखको राहत ?
    images

    पूर्व श्रम राज्यमन्त्री एवं नेपाली कांग्रेस मनाङका सभापति टेकबहादुर गुरुङको सक्रियतामा मनाङका बाढीपीडितलाई खाद्यान्न लगायतका समाग्री उपलब्ध गराइएको छ । पूर्व श्रम राज्यमन्त्री गुरुङ, प्रतिनीधि सभाका समानुपातिक सांसद कर्म घले र प्रदेशसभा सांसद चिन्ताबहादुर घलेले आफ्नो व्यक्तिगत खर्चमा राहत वितरण गरेका हुन ।

    eeeeee.jpg

    सभापति गुरुङ र सांसदद्वय कर्म घलेले निजी ३० लाख रुपैयॉ बराबरको खाद्यन्न सामाग्री मनाङ जिल्लाका चारवटै गाउॅपालिकाका १५३५ घरधुरीमा पुग्ने गरी वितरण गरेका छन् ।

    ee.jpg

    असार १ गते बाढी पहीरो गए लगत्तै सभापति टेकबहादुर गुरुङ, सांसद कर्म घले निजी खर्चमा राहत सामाग्री सहित तल्लो मनाङको ताल, धारापानी र ओडार पुगेका थिए ।

     

    eeee.jpg

    सभापति टेकबहादुर गुरुङ बाढी प्रभावित विभिन्न स्थानमा खाद्यन्न र सोलारबत्ती सहित पुग्नु भएको थियो । त्यसैगरी असार ८ गते सभापति एव टेकबहादुर गुरुङ नेपाली सेना प्राविधिक टोलि सहित सदरमुकाम चामे पुग्नु भएको थियो ।

    eeeee.jpg

    ४१ हजार केजी खाद्यन्न सामाग्री वितरण गरिएको मनाङ्ग कांग्रेसका सचिव सुरेन्द्र गुरुङले बताए । पुर्वराज्यमन्त्री गुरुङ आइतबारदेखि आफै प्रभावित क्षेत्रमा राहत वितरणमा खटिएका छन । आइतबार माथिल्लो मनाङमा गुरुङसहित नेपाली सेनाको हेलिकप्टरमार्फत दुई ट्रिप राहत लगिएको छ । मनाङको चार स्थानिय तहको १० स्थानमा राहत पुर्याउने कार्यक्रम भएपनि मौसम खराबीका कारण सबै ठाउँमा राहत पुराउन नसकिएको गुरुङले बताए । उनका अनुसार नासों गाउँपालिका १ तालका लागि उडान भरेको नेपाली सेनाको हेलीकप्टर मौसम खराबीका कारण बिच बाटोबाटै बेसीशहर फर्कीएको थियो ।

    eeeeeeeeeeee.jpg

    प्रकाशित मिति :श्रावण १८ २०७८ सोमवार - १३:५७:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij