२०८२ भाद्र १० गते मंगलवार
आजको विश्व एक्काईंशौं शताब्दीको हो भनेपनि यो संसारमा विचित्र विचित्रका नियम कानून र परम्पराहरू अझै बाँकी नै छन् । यस्तै परम्परा भएको देशमध्ये इण्डोनेसिया पनि एक हो जहाँ पुलिस हुनको निम्ति महिला कुमारी नै हुुनुपर्छ । त्यो पनि म कुमारी हूँ भन्दैमा पाईन्न, टेष्ट पास नै हुुनुपर्दछ ।
इण्डोनेसियामा पुलिसमा भर्ति हुन चाहने महिलाले आफ्नो कुमारीत्व परिक्षण गराउनु पर्दछ, परिक्षणमा फेल भएका हरु पुलिसमा भर्ना हुन पाउँदैनन् ।अझ अनौठो कुरा त के भने महिला उम्मेदवारको कुमारित्व परीक्षण पुरुष अधिकारीहरुद्वारा गराइन्छ । यस्तो परीक्षणलाई दुई औँले परीक्षण भनिन्छ । जहाँ पुलिसमा भर्ना हुन आएका महिला उम्मेदवारको यौनांगमा दुई औँला छिराएर योनी जाली च्यातिए नच्यातिएको परीक्षण गरिन्छ ।
त्यहाँ महिलाको कुमारित्व परीक्षणलाई आधिकारिक रुपमा अनुमति नदिइने भए पनि पुलिसमा भर्नाका क्रममा भने यस्तो परीक्षण एउटा मुख्य मापदण्डको रुपमा रहिआएको छ । महिलाले पुलिसमा भर्ना पाउनका लागि आफुलाई केवल भर्जिन प्रमाणित गरेर पुग्दैन । सुन्दरताका अन्य धेरै मापदण्डहरुमासमेत पास हुुनुपर्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij