२०८२ भाद्र १० गते मंगलवार
अंग्रेजीका प्रख्यात जासुसी उपन्यासकार जोन ले कारको ८९ वर्षको उमेरमा निधन भएको छ । उनले शीतयुद्धकालीन संसारलाई जासुसी उपन्यासमार्फत निकै कलात्मक रूपमा प्रस्तुत गरेका छन् ।
उनका ‘स्पाई हु केम इन फ्राम द कोल्ड’, ‘टिंकर टेलर सोल्जर स्पाई’ र ‘द अनरेबल स्कुलब्वाइ’ चर्चित जासुसी उपन्यास हुन् । उनका पुस्तक १९६० पछि हरेक दशक सर्वाधिक बिक्री भएको सूचीमा पर्दथे।
अंग्रेजीका उपन्यासकार स्टिफन किङले ट्विटरमा लेखेका छन्, ‘जोनको निधनले यो वर्ष निकै दुःखद बनेको छ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij