Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

अमेरिकामा खोप अभियान शुरु, अप्रिलसम्म १० करोडलाई खोप दिने तयारी

अमेरिकामा खोप अभियान शुरु, अप्रिलसम्म १० करोडलाई खोप दिने तयारी


  • 9.0K
    Shares

    अमेरिकामा खोप अभियान शुरु, अप्रिलसम्म १० करोडलाई खोप दिने तयारी

    कोरोना भाइरसको महामारीबाट विश्वमै सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा खोप अभियान शुरु भएको छ । अमेरिकाले उच्च जोखिममा रहेका स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर खोप दिन थालेको हो ।

    क्वीन्स राज्यस्थित लङ्ग आइल्याण्ड जिविश मेडिकल सेन्टरमा कार्यरत नर्स सान्ड्रा लिन्ड्सेलाई पहिलो पटक दिएर अभियान शुरु गरिएको हो । अमेरिकाभर १ सय ५० वटा अस्पतालमा सोमवार खोप पुगेको छ ।

    पहिलो चरणमा फाइजर बायोएनटेकको झन्डै तीस लाख खोपहरू अमेरिकाभर वितरण गर्न लागिएको छ । अप्रिल महिनासम्म १० करोड जना मानिसलाई खोप लगाउने अमेरिकाको तयारी छ ।

    खोप कार्यक्रम न्यूयोर्कबाट शुरु भएसँगै राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीट गर्दै खुसी व्यक्त गरेका छन् । अमेरिकामा कोरोनाका कारण तीन लाख भन्दा बढीको मृत्यु भैसकेको छ । संक्रमितको संख्या एक करोड ६५ लाख १५ हजार भन्दा धेरै छ । एजेन्सी 

    प्रकाशित मिति :मंसिर ३० २०७७ मंगलवार - १२:४९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij