२०८२ भाद्र २६ गते बिहिवार
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले विधुत महसुल घटाउने योजनामा आफू रहेको बताएकी छन् ।
नेकपा (माओवादी केन्द्र) धनुषा शाखाले बिहीबार आयोजित सम्मान कार्यक्रममा उनले अब बिजुली सस्तो बनाउने योजना ल्याउनुपर्नेमा जोड दिएकी हुन् ।
‘२० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा हामी छौँ । निःशुल्क वा न्यूनतम महसुल निर्धारण गरी गरिब जनताले पनि बिजुली उपभोग गर्न पाउने वातावरण निर्माण गर्नु पर्छ। यसबाट एक करोडभन्दा अधिक जनता लाभान्वित हुन्छन्’ मन्त्री भुसालले भनिन् ।
बिहीबार नै मन्त्री भुसालले धनुषाको सबैला नगरपालिका किरथपुर स्थित कमला नदीको बाढीले भत्काएको बाँधको निरीक्षण गरेकी छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij