२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । संवैधानिक परिषद्को बैठक कोरम नपुगेर पुनः स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्वतः स्थगित भएको हो ।
बैठक आजै साँझ ५ बजे बस्नेगरी स्थगित भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकका लागि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र विपक्षी दलका नेता शेरबहादुर देउवा बालुवाटार पुगेका थिए।
परिषद्को बैठकको कोरम पुग्न प्रधानमन्त्री बाहेक चार सदस्य उपस्थित हुनुपर्ने कानूनी व्यवस्था छ। प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद् ६ सदस्यीय हुने संवैधानिक व्यवस्था छ। परिषद्का सदस्यहरूमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र विपक्षी दलका नेता रहन्छन्। तर, अहिले उपसभामुख रिक्त रहेको र सभामुख उपस्थित नभएपछि बैठक बस्न समस्या भएको हो।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनामात्रै सहभागी भएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij