२०८२ भाद्र २ गते सोमवार
शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्ति माग गर्दै शिक्षकहरूले नेपाल सरकारका मन्त्रीहरूलाई एसएमएस पठाएका छन्। शिक्षकको एसएमएसपछि पनि आयोगमा पदाधिकारी नियुक्ति नभए शिक्षकले रिले अनशन हुँदै आमरण अनशन बस्ने घोषणा गरेका हुन्।
आयोगको पदाधिकारी नियुक्तिको ढिलाइले शिक्षक सेवाका लागि योग्य रहेका तीन लाख जनशक्ति सेवा प्रवेशबाट वञ्चित भएको, अध्यापन अनुमतिपत्र, नयाँ विज्ञापन र ५० हजार शिक्षकको आन्तरिक बढुवा रोकिएको भन्दै शिक्षकहरुले एसएमएस पठाएका हुन्। लामो समय पदाधिकारी नियुक्ति नहुँदा आयोग निष्क्रिय भएको छ। लाखौं विद्यार्थी अध्यापन अनुमतिपत्र लिने पर्खाइमा छ्न्। उमेर हद पार गरेका आयोगको परीक्षाको तयारी गरेका कति सेवा प्रवेशबाट वञ्चित भएका छन्।
एसएमएस पठाउनका लागी तल उल्लेख गरिएका नम्बर प्रयोग गर्न शिक्षक रमेश भट्टराईले अपिल गरेका छन्।
शिक्षक सेवा आयोगको पदाधिकारी नियुक्तिको ढिलाइले
१) लाखौं विद्यार्थी अध्यापन अनुमतिपत्र लिन सकेका छैनन् ।
२) उमेर कटेको कारण कति सेवा प्रवेशबाट वन्चित भएका छन् ।
३) बढुवा प्रक्रिया रोकिएर ५० हजार शिक्षक प्रभावित भएका छन् ।
अब दबाबका लागि सभ्य भाषामा शिक्षक सेवा आयोगको पदाधिकारी नियुक्ति नभएसम्म दिनहुँ १/२ का दरले निम्न जिम्मेवार व्यक्तित्वहरुको फोनमा म्यासेज पठाइ दबाब सिर्जना गरौं ।
कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
9851087288 भानु देउवा, प्रधानमन्त्रीका स्वकीय सचिब ।
9851023599 बालकृष्ण खाँड, माननीय गृहमन्त्री ।
9851100043 जनार्दन शर्मा, माननीय अर्थमन्त्री ।
9851014940 ज्ञानेन्द्र व. कार्की, माननीय कानुनमन्त्री ।
9851085749 पुर्ण व. खड्का, सरकार संचालन कार्यदलका संयोजक।
sms को नमुना ।
शिक्षक सेवा आयोगको पदाधिकारी तुरुन्तै नियुक्ति गरियोस् ।
लाखौं विद्यार्थी, शिक्षक र शिक्षा क्षेत्रलाई अन्धकारमा नधकेलिओस् ।
दैनिक दबाब दिउँ ।
जय शिक्षक
रमेशबाबु भट्टराई ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij