Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

आँखा जाँच गराएर फर्किइन् राष्ट्रपति भण्डारी

आँखा जाँच गराएर फर्किइन् राष्ट्रपति भण्डारी


  • 5.5K
    Shares

    आँखा जाँच गराएर फर्किइन् राष्ट्रपति भण्डारी
    images

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिवि शिक्षण अस्पतालमा पुगेर आँखा जाँच गराएर फर्किएकी छन्। मंगलबार बिहान सवा ९ बजे अस्पताल पुगेकी भण्डारी करिब एक घण्टा बसेर फर्किएकी हुन्।

    त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको बिपी कोइराला नेत्ररोग अध्ययन केन्द्रमा राष्ट्रपति भण्डारी आँखाको नियमित जाँचका लागि आएको केन्द्रका निर्देशक डा आनन्द शर्माले जानकारी दिए।

    राष्ट्रपति भण्डारीले आँखा सामान्य चेकजाँच गराएकी हुन्। चिकित्सकहरुले उनको आँखाजाँचपछि आँखाको अवस्था सामान्य रहेको जानकारी दिएका छन्। नियमित आँखा जाँचका लागि अस्पताल पुगेकी राष्ट्रपति भण्डारी फर्किसकेकी छन्।

    प्रकाशित मिति :श्रावण १२ २०७८ मंगलवार - १६:५३:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij