२०८२ चैत्र १ गते आइतवार
काठमाडौं । कोकाकोलाले नेपालमा ‘मोमो फोमो’ नामक नयाँ अभियान सुरु गरेको छ । कोकाकोलाको यो अभियान नेपालभरि चल्ने पहिलो कार्यक्रम हो । जसले नेपालीहरुको मनपर्ने परिकार मोमोप्रतिको स्नेहलाई उत्सवका रुपमा मनाउन लागेको हो । मोमो यस्तो परिकार हो जसले सडक, घर र सहरका मानिसहरूलाई एकअर्कासँग नजिक हुन मद्दत गर्छ ।
यस अभियानको मुख्य आकर्षण एउटा नयाँ डिजिटल कार्यक्रम हो । जसले देशभर घुम्दै नेपालका सबैभन्दा लोकप्रिय मोमो पाइने स्थानहरू खोज्नेछ । सहरका चर्चित रेस्टुरेन्टदेखि लिएर टोल–छिमेकमा लुकेका तर उत्कृष्ट मोमो पसलहरूसम्म पुग्ने, नेपालमा मोमोको समृद्ध संस्कृतिलाई चिनाउने र ती स्थानका विशेष स्वादहरू चाख्ने अवसर दिने तथा पसल सञ्चालन गर्ने उत्साही व्यवसायीहरूसँग भेट्न र हरेक स्थानलाई विशेष बनाउने लगायतका अनौठा कथाहरू पनि प्रस्तुत गरिनेछ ।
नेपालमा मोमो र कोकाकोला लामो समयदेखि धेरैले मन पराउने खानाको जोडी बनेको छ । साथीहरूसँग छिटो खाजाका रूपमा, परिवारसँग घुम्न जाँदा वा राति अबेर खाना खान जाँदा मोमो र कोकाकोला धेरैका लागि प्रिय छनोट हो । यस अभियानले यही दैनिक अनुभवलाई उत्सवको रूपमा प्रस्तुत गर्दै कोकाकोलाको चिसो स्वादले मोमो खाने क्षण अझ रमाइलो बनाउने कुरा देखाउन खोजेको छ ।
यस अभियानअन्तर्गत देशभरका उपभोक्ताहरूले पनि सहभागी हुने अवसर पाउनेछन् । अभियानका लागि बनाइएको विशेष माइक्रोसाइटमार्फत मानिसहरूले आफ्नो मनपर्ने मोमो पसल खोज्न, मूल्याङ्कन गर्न र आफ्ना मोमो खाँदाका अनुभवहरू व्यक्त गर्न सक्नेछन् । सहभागीहरूले फोटो वा अनुभव अपलोड गर्न, रेस्टुरेन्टलाई रेटिङ गर्न र विभिन्न गतिविधिमा सहभागी हुन सक्नेछन्, जसबाट दैनिक, साप्ताहिक तथा विशेष पुरस्कार जित्ने मौका पनि हुनेछ ।
यो अभियानमा नेपालभरका २०० भन्दा बढी मोमो पसल सहभागी छन् । ‘मोमो फोमो’ ले नेपालको सबैभन्दा प्रिय खानामध्ये एक मोमोको विषयमा राष्ट्रिय स्तरमा उत्साह सिर्जना गर्दै स्थानीय खानाका नयाँ स्वादहरू खोज्न, यसका नायकहरूलाई सम्मान गर्न र मोमो तथा कोकाकोलाको लोकप्रिय संयोजनको आनन्द लिन सबैलाई प्रेरित गर्ने लक्ष्य राखेको छ ।
यस अभियानमार्फत कोकाकोलाले स्थानीय संस्कृतिको सम्मान गर्दै साझा खानाको अनुभवमार्फत मानिसहरूलाई एकअर्कासँग जोड्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij