Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

ओलीले हुत्याएका प्रदेश प्रमुखलाई पुरानै जिम्मेवारी दिन माओवादीले सरकार समक्ष गर्यो सिफारिश

ओलीले हुत्याएका प्रदेश प्रमुखलाई पुरानै जिम्मेवारी दिन माओवादीले सरकार समक्ष गर्यो सिफारिश


  • 5.4K
    Shares

    • images
    ओलीले हुत्याएका प्रदेश प्रमुखलाई पुरानै जिम्मेवारी दिन माओवादीले सरकार समक्ष गर्यो सिफारिश

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रदेश २ र गण्डकी प्रदेशको प्रदेश प्रमुखमा यसअघिकै प्रमुखलाई नियुक्त गर्न पार्टीको तर्फबाट सिफारिस गर्ने निर्णय गरेको छ ।

    मंगलबार पेरिसडाँडामा बसेको माओवादीको स्थायी कमिटीको बैठकले प्रदेश २ र गण्डकी प्रदेशमा यसअघि नै प्रदेश प्रमुख रहिसकेका तिलक परियार र अमिक शेरचनलाई नै प्रदेश प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको हो ।

    ओली सरकारले हटाएका शेरचन र परियारलाई पुरानै ठाउँमा नियुक्तिका लागि आग्रह गर्ने माओवादी केन्द्रले जनाएको छ । नेकपा एक हुँदा माओवादीको पक्षबाट सिफारिस भएका गण्डकी प्रदेशसभाका प्रमुख शेरचन र प्रदेश नम्बर–२ का प्रदेश प्रमुख परियारलाई सर्वोच्चको आदेशबाट पार्टी विभाजन भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले हटाएका थिए । 

    अहिले उनीहरूलाई पुरानै स्थानमा नियुक्तिका लागि माओवादी केन्द्रले सिफारिस गरेको हो । 

    यद्यपि सरकारले कुनैपनि प्रदेश प्रमुखलाई अहिलेसम्म हटाइसकेको छैन । तीन प्रदेश प्रमुखहरु प्रदेश–२ का राजेश अहिराज, गण्डकीकी सीता पौडेल र लुम्बिनी प्रदेशका धर्मनाथ प्रसाद यादवलाई हटाउने चर्चा चलिरहेको छ । गण्डकी प्रदेशमा शेरचन र प्रदेश २ मा परियारलाई सिफारिस गर्ने निर्णय भएको हो ।

    केही समयअघि मात्रै सरकारले सम्पूर्ण प्रदेशका प्रमुखहरू हेरफेर गर्ने निर्णय गरेको थियो । बुधबार बस्ने भनिएको केन्द्रको स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने थप मन्त्रीको नामको विषयमा टुंगो लगाउने बताइएको छ ।

    प्रकाशित मिति :श्रावण १२ २०७८ मंगलवार - १६:२२:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij