२०८२ मंसिर १६ गते मंगलवार
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
बैठक दिउँसो २ बजे बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बस्ने कार्यकारिणी सदस्य तथा सांसद रेणु यादवले जानकारी दिइन् ।सोमवार उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता पाएसँगै आज कार्यकारिणी समितिको बैठक बोलाइएको हो ।
सरकारमा सहभागी हुने, संसदीय दलको नेता चयन गर्ने र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने सांसद यादवले बताइन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij