Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण देखाए मन्त्री पदबाट राजीनामा दिन्छु : बीना मगर

एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण देखाए मन्त्री पदबाट राजीनामा दिन्छु : बीना मगर


  • 7.6K
    Shares

    एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण देखाए मन्त्री पदबाट राजीनामा दिन्छु : बीना मगर

    काठमाडौं । खानेपानी मन्त्री बीना मगरले मन्त्री पदबाट राजीनामा दिने चेतावनी दिएकी छन् । सत्तारुढ नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी बुहारीसमेत रहेकी बीनाले एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण देखाए मन्त्री पदबाट राजीनामा दिने प्रतिबद्धता जनाएकी हुन् । 

    मेलम्ची खानेपानीको काम समयमै निर्माण सम्पन्न हुन नसकेको र प्रचण्डका कारण मन्त्री पदमा रहिरहेको टिप्पणीकाबीच उनले भ्रष्टाचार गरेको प्रमाण देखाए राजीनामा दिने बताएकी हुन् । 

    यसबारे सोमबार सामाजिक सञ्जाल ट्वीटरमा मन्त्री बीनाले लेखेकी छन्, ‘आज म प्रतिज्ञा गर्छु, खानेपानी मन्त्रालयमा एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण देखाउनुस्, म राजीनामा दिन्छु । देश समृद्ध  बनाएरै छाड्छौँ ।

    bbb.jpg

    कोरोना महामारीका कारण निर्माण सामग्री र जनशक्ति दुवैमा समस्या भएका कारण मेलम्ची खानेपानी आयोजनाको काम समयमै सम्पन्न हुन नसक्ने आयोजनाले जनाएको छ ।

    सुरुङसँगै ‘हेडवर्क्स’ को बाँकी काम २०७७ पुसमा सम्पन्न गर्ने गरी सरकारले गत वर्ष असोजमा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई जिम्मेवारी दिएको थियो। तर, तोकिएको अवधि आगामी पुसमा नसकिने आयोजनाले स्पष्ट पारेको छ । 

     

    प्रकाशित मिति :मंसिर २९ २०७७ सोमवार - १६:०८:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij