Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

देशभर थपिए ३४२१ जना कोरोना संक्रमित, २५ को मृत्यु

देशभर थपिए ३४२१ जना कोरोना संक्रमित, २५ को मृत्यु


  • 4.7K
    Shares

    • images
    देशभर थपिए ३४२१ जना कोरोना संक्रमित, २५ को मृत्यु

    काठमाडौं । नेपालमा थप ३ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा सोमबार थप ३ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो। 

    गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी १२ हजार २४० जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट २ हजार ३९१ जनामा संक्रमण पुष्टि भएको हो। 

    यस्तै, सोही अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ५ हजार ३२ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट १ हजार ३० जनामा संक्रमण पुष्टि भएको हो। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशका विभिन्न ठाउँमा गरी २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७३८ पुगेको छ। 
     

    प्रकाशित मिति :श्रावण ११ २०७८ सोमवार - १६:४२:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij