Logo

२०८२ मंसिर १६ गते मंगलवार

२०८२ मंसिर १६ गते मंगलवार

युवा उधमशीलता बिकाश तथा प्रशिक्षण समन्वय समितिको केन्द्रिय सदस्यमा लोक विक्रम मल्ल नियुक्त, को हुन् लोक विक्रम मल्ल ?

युवा उधमशीलता बिकाश तथा प्रशिक्षण समन्वय समितिको केन्द्रिय सदस्यमा लोक विक्रम मल्ल नियुक्त, को हुन् लोक विक्रम मल्ल ?


  • 5.8K
    Shares

    युवा उधमशीलता बिकाश तथा प्रशिक्षण समन्वय समितिको केन्द्रिय सदस्यमा लोक विक्रम मल्ल नियुक्त, को हुन् लोक विक्रम मल्ल ?
    images

    काठमाडौ । नेपाली कांग्रेस तरुण विभागको निर्णय अनुसार युवा उधमशीलता बिकाश तथा प्रशिक्षण समन्वय समितिको केन्द्रिय सदस्यमा स्याङ्जा जिल्लाका लोक विक्रम मल्ल नियुक्त भएका छन् ।

    नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री एबम तरुण विभाग प्रमुख शंकर भण्डारीको हातबाट मल्ललाई जिम्मेवारी पत्रचार गरिएको हो ।

    नेपाली कांग्रेस पार्टी, केन्द्रीय तरुण बिभाग साथै समग्रमा लोकतन्त्रप्रति आस्था राख्ने युवा-तरुणलाइ समन्वय गरी गतिशील बनाउन महत्वपुर्ण योगदान रहने बिस्वास गरिएको मनोनयन पत्रमा उल्लेख गरिएको छ ।

    युवाहरुको पछिल्लो समय तरुणमा निकै नै आकर्षकता बढदै गएको भण्डारी बताउछन् ।

    को हुन त लोक विक्रम मल्ल ?

    सानैदेखि नेपाली काङ्ग्रेस तथा तरुणमा आस्था राख्ने मल्ल लामो समय देखी रंगिन दुनियाँमा छन । उनले फिल्मी क्षेत्रमा करिव नौ वर्ष लामो संघर्ष गरेका छन । फिल्मी क्षेत्रमा बिगत ९ बर्ष देखि काम गरिरहेका उनि कलाकार र फिल्म बितरक को काम गर्दछन् ।

    समाजमा अरु भन्दा पृथक उचाइ बनाउन सफल लोकले यो कोभिडको समयमा निशुल्क भोजन अभियानको नेतृत्व गर्दै दुखी असहाय र पिडामा पिल्सिएका हरेक नागरिकलाई नि:शुल्क खाना देखि लिएर लत्ता कपडा समेत व्यवस्था गरेका थिए ।

    उनको टिम देशमा आईलागेको विपद महामारिमा पछि नहटेर सेवामा अनवरत रुपमा लागि परिरहयो ।

    एबी इन्टरनेशनल (फिल्म बनाउने संस्था) को ब्यानरले सिन्धुपाल्चोक देखि लिएर विभिन्न जिल्लामा आएको विपदमा आफु सक्दो सहयोग गरेको थियो । लोक विक्रम मल्लकै नेतृत्वमा असिम युथ कल्बले केही महिना अघि मात्र उच्च राषी बराबरको भलिबल खेल पनि आयोजना गरेको थियो । उनले नेपाली जन सम्पर्क समिति बहराइन को सह-महामन्त्रि, नेपालि कल्बको खेलकुद सचिब र आघिखोला स्याङजाको सचिब भएर काम गरेका थिए ।

    यी र यस्ता कयौ सामाजिक तथा व्यवसायीक काममा जोडिएका छन लोक । तरुण विभागको युवा उधमशीलता बिकाश तथा प्रशिक्षण समन्वय समितिको सदस्यमा मनोनीत भए सङै उनले युवाको हक हितमा आफुले अझै केही गर्ने थप हिम्मत र हौसला प्राप्त भएको बताएका छन् ।

    प्रकाशित मिति :श्रावण ११ २०७८ सोमवार - १५:०२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij