Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

कोरोना संक्रमणबाट स्वाजिल्याण्डका प्रधानमन्त्रीको निधन

कोरोना संक्रमणबाट स्वाजिल्याण्डका प्रधानमन्त्रीको निधन


  • 7.5K
    Shares

    कोरोना संक्रमणबाट स्वाजिल्याण्डका प्रधानमन्त्रीको निधन
    images

    काठमाडौं । स्वाजिल्याण्डका कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित प्रधानमन्त्री एम्ब्रोस डलामिनिको ५२ वर्षको उमेरमा निधन भएको छ ।

    कोरोना संक्रमण पुष्टि भएको चार सातापछि दक्षिण अफ्रिकाको एक अस्पतालमा उनको निधन भएको हो । कोरोना संक्रमित भएपछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो।

    त्यसपछि उनलाई छिमेकी देश दक्षिण अफ्रिकामा उपचारका लागि लगिएको थियो । उनको त्यहिँ निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् । उनी सन् २०१८ को नोभेम्बरमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

    अफ्रिकाको दक्षिण क्षेत्रमा रहेको झण्डै १२ लाख जनसंख्या युक्त देश एजवाटिनीमा अहिलेसम्म ६ हजार ७६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ र १२७ जनाको कोभिड–१९ का कारण निधन भएको छ । एजेन्सी

    प्रकाशित मिति :मंसिर २९ २०७७ सोमवार - १४:३०:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij