२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । बागबजारमा नेपाली कांग्रेसको प्रदर्शन सुरु भएको छ । प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।
सरकारविरुद्ध काठमाडौंका ५ स्थानबाट विरोध प्रदर्शन सुरु गर्ने र दिउँसो शान्तिबाटिकामा जम्मा भएर विरोध सभा हुने कांग्रेसको तयारी छ। जुलुसको नेतृत्व जिल्ला केन्द्रीय तथा जिल्ला तहका नेताले गर्दै छन् ।
सबै स्थानबाट निस्किएको जुलुस रत्नपार्कमा पुगेपछि बागबजार– पुतलीसडक– कमलादी– त्रिचन्द्र क्याम्पस हुँदै शान्तिबाटिकामा पुगेर विरोध सभा हुने बताइएको छ । कांग्रेसले ७७ जिल्लामा सरकार विरुद्ध प्रदर्शनको आयोजना गरेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij