२०८२ मंसिर १६ गते मंगलवार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिला कारोबारको दिन आज आइतबार दोहोरो अंकले बृद्धि भइरहेको छ । आज नेप्से २४ अंकले बढेर ३ हजार २८ बिन्दुमा पुगेको छ भने एक अर्ब भन्दा बढीको कारोबार भएको छ ।
नेप्सेका अनुसार यो समाचार तयार पार्दासम्म नेप्सेमा दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा बिशाल बजार कम्पनी र ङादी ग्रुप पावर कम्पनी रहेका छन् ।
यस अवधिसम्म विशाल बजार कम्पनीको प्रतिकित्ता रू ६१०.४० ले बढेर अन्तिम मूल्य रू ६ हजार ७१४.४० र ङादी ग्रुप पावरको प्रतिकित्ता रू ६९.४० ले बढेर अन्तिम मूल्य रू ७६३.५० कायम भएको हो ।
यस अवधिसम्म ङादी ग्रुप पावरको शेयर खरिद चाप सबैभन्दा बढी रहेको छ । १४२ ओटा अर्डरबाट ङादी ग्रुप पावरको ४ लाख १ हजार ५६६ कित्ता शेयर खरिद माग रहेको छ । त्यस्तै विशाल बजार कम्पनीको ८६ ओटा अर्डरबाट ८ हजार ३६५ कित्ता शेयर खरिद माग रहेको छ । दुबै कम्पनीको विक्री कर्ता भने देखिएका छैनन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij