Logo

२०८२ मंसिर १६ गते मंगलवार

२०८२ मंसिर १६ गते मंगलवार

८१ किलो गाँजासहित एक जना पक्राउ

८१ किलो गाँजासहित एक जना पक्राउ


  • 3.8K
    Shares

    ८१ किलो गाँजासहित एक जना पक्राउ
    images

    मकवानपुर- ८१ किलो लागुऔषध गाँजासहित मकवानपुरको मनहरीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने मनहरी गाउँपालिका –८ सिमपानीबाट प्रहरीले ८१ किलोगाँजासहित ट्रक र ट्रकका चालकलाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी जयश्वर रिमालका अनुसार सिमपानी क्षेत्रको सडकमा शंकास्पद रुपमा रोकीराखेको ना ८ ख ८२८४ नम्बरको ट्रकलाई चेकजाँच गर्दा लुकाई राखेको गाँजा ८१ किलो ३ सय ५० ग्राम फेला परेको थियो ।

    पक्राउ पर्नेमा ट्रक चालक मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर–४ बस्ने बर्ष ४२ को बाबुराम नेगी रहेका छन् ।

    प्रकाशित मिति :श्रावण ७ २०७८ बिहिवार - ११:५४:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij