Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नयाँ बजेट ल्याएर शिक्षकको तलब बढाउने बताएका प्रधानमन्त्री देउवाले कर्मचारीको बिषयमा के भने ?

नयाँ बजेट ल्याएर शिक्षकको तलब बढाउने बताएका प्रधानमन्त्री देउवाले कर्मचारीको बिषयमा के भने ?


  • 92.5K
    Shares

    नयाँ बजेट ल्याएर शिक्षकको तलब बढाउने बताएका प्रधानमन्त्री देउवाले कर्मचारीको बिषयमा के भने ?

    प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती कर्मचारी र शिक्षकबीचको खाडल पुर्ने बताएका छन्। साथै शिक्षकको तलब बढाएर नयाँ बजेट ल्याउने पनि देउवाको भनाई छ। निजामती कर्मचारी र शिक्षकबीचमा बजेटले गरेको विभेदको अन्त्य गरेर नयाँ बजेट ल्याउने प्रतिबद्धता प्रधामन्त्रीले गरे संगै शिक्षकको तलब बढ्ने भएको हो। शिक्षकको मात्र होइन निजामतिको तलब समेत ओली सरकारले बढाएको भन्दा धेरै बढाउने देउवा सरकारको आन्तरिक तयारी छ। जसको संकेत आज शिक्षा क्षेत्रका सरोकारवालासँग छलफलका क्रममा प्रधानमन्त्री देउवाले गरिसकेका छन्। 


    केपी शर्मा ओली नेतृत्वको सरकारले निजामती कर्मचारीलाई मात्र १० दिन काज सुविधा दिने निर्णय गरेपछि शिक्षकहरु आक्रोशित  हुँदै बिरोधमा होमिएका छन् । राज्यले सबै राष्ट्रसेवकलाई समान सुविधा दिनुपर्ने माग शिक्षकहरुको छ। शिक्षक र निजामति कर्मचारी बीच विभेद भएको भन्दै सर्बोच्च अदालतमा मुद्दा परेको छ। अदालतले शिक्षककै पक्षमा फैसला गर्ने संकेत पाए पछि प्रधानमन्त्री देउवा शिक्षक प्रति नरम भएको एकथरीको भनाई छ। 

    देउवाले लामो समयदेखि रिक्त रहेको शिक्षक सेवा आयोगमा पनि तत्काल पदपूर्ति गरिने प्रतिबद्धता जनाएका छन्। प्रधानमन्त्रीबाट विद्यालय शिक्षाका शिक्षकहरुको समस्या समाधानमा आफू सकारात्मक रहेको र शिक्षकका माग क्रमिक रुपमा पूरा गर्दै जाने आश्वासन पाएको स्थायी शिक्षक हकहित मञ्चका संयोजक रमेशबाबु भट्टराईले जानकारी दिए।

    सरोकारवालहरुले प्रधानमन्त्रीसँग शिक्षक सेवा आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न, शिक्षक परिचयपत्र र मर्यादाक्रम यथाशीघ्र लागू गर्न, शिक्षा ऐन छोटो बाटो अपनाई तुरुन्तै ६ महिनाभित्र जारी गर्न बालविकासका शिक्षक र विद्यालयका कर्मचारीको तलब केन्द्रीय सरकारले वहन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। यस्तै विद्यालय शिक्षकमा नयाँ दरबन्दी सिर्जना गर्ने विषयमा पनि छलफल भएको थियो। 

    देउवाले  शिक्षक अस्पताल, संवैधानिक शिक्षा सेवा आयोगको स्थापना लगायतका माग आफै प्रधानमत्री भएकै बेला पूरा गर्ने बचन दिएको सहभागी एक शिक्षकले बताए। 

    प्रकाशित मिति :श्रावण ६ २०७८ बुधवार - १७:०३:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij