२०८२ भाद्र २ गते सोमवार
त्रिभुवन विश्वविद्यालय पुल्चोक ईञ्जिनियरिङ्ग क्याम्पसका विद्यार्थीहरूद्वारा संचालित गैर सरकारी संस्था ‘लोकस’ले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।
इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स र कम्प्युटर विभागका विद्यार्थीहरुको संयुक्त संगठन लोकसले यही साउन ५ गते मंगलबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो ।
यसअघि लोकसको तर्फबाट प्राविधिक मेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गर्दै आएकोमा त्यसको दायरलाई फराकिलो पार्दै लोकस–२०२१ ले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो ।
लोकस २०२१ का अध्यक्ष आदर्श बोहोराका अनुसार विगतका वर्षहरुमा सम्पन्न हुँदै आएको प्राविधिक तथा प्रशिक्षणत्मक कार्यक्रम महत्वपूर्ण कार्यक्रम भएको र यसपटक यस्ता कार्यक्रमको दायरालाई सामाजिक क्षेत्रसम्म विस्तार गर्ने उद्देश्यले यस वर्ष वृक्षरोपण कार्यक्रमसमेत समावेश गरिएको हो ।
आफ्नै क्याम्पस हाताबाट सुरुगरिएको वृक्षरोपण कार्यक्रमलाई बाहिरसम्म विस्तार गर्ने कार्यक्रम रहेको समेत अध्यक्ष बोहोराले बताए ।
लोकस–२०२१ का अध्यक्ष बोहोराका अनुसार इन्जिनियरिङ्गसँग सम्वन्धित तथा अन्य विविध तालिमहरु अनलाईनमार्फत् संचालन गर्ने क्रम चलिरहेको छ । कोरोना भाईरस संक्रमणको कारण भौतिक रुपमा कक्षा संचालन गर्न असम्भव भएका कारण अनलाईन प्रविधिको प्रयोगद्वारा लोकसले तालिमको व्यवस्था गरेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij