Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

पछिल्लाे २४ घण्टामा थप ३१०८ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु

पछिल्लाे २४ घण्टामा थप ३१०८ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु


  • 6.6K
    Shares

    पछिल्लाे २४ घण्टामा थप ३१०८ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु

    पछिल्लाे २४ घण्टामा १३ हजार १३५ जनाको स्वाब परीक्षण हुँदा ३१०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २५ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
    यस्तै पछिल्लो २४ घण्टामा १५९५ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५० हजार ६६४ जना पुगेको छ भने पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ७० हजार ९५३ पुगेको छ । 
    यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३४ हजार ९२७ जना संक्रमणमुक्त हुँदा ९ हजार ६०७ जनाको मृत्यु भएको छ । 
    हालसम्म कोरोना निको हुने दर ९४.६ प्रतिशत रहेको छ । 

    प्रकाशित मिति :श्रावण ५ २०७८ मंगलवार - १७:००:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij