२०८२ भाद्र ७ गते शनिवार
संसद विघटन बदर गर्दै सर्बोच्च अदालतले शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन परामादेश दिएसँगै शेरबहादुर देउवा प्रधानमन्त्री भएका छन् । इतिहासमा पटकपटक प्रधानमन्त्री भएका देउवाको इतिहास भने सन्तोषजनक छैन । ओली स्वेच्छाचारी ढंगले अगाडि बढिरहेको सन्दर्भमा देउवाको आगमनलाई स्वीकार्न पर्ने बाध्यता बनेको छ । नेपालीको यो बिडम्बना बनेको छ ।
नयाँ सरकार बिश्वासको मत लिन नसकेको अबस्थामा उसको आयु लामो समय रहँदैन । नेपाल पक्षले शेरबहादुर देउवालाई साथ दिएपछि अहिले राष्ट्रिय राजनीतिले नयाँ मोड लिएको हो । नयाँ सरकारबाट जनताको धेरै अपेक्षा छन् । यो सरकारले ओलीले भन्दा राम्रो काम गर्न सकेन भने यसको औचित्य पुष्टि हुन सक्दैन । काङ्ग्रेसले आफ्नो मात्र स्वार्थको दुनो सोझ्याउन थाल्यो भने त्यसले नयाँ विषम परिस्थिति उत्पन्न हुनेछ ।
नेपालमा ब्यबस्था परिवर्तन गरि गणतन्त्र ल्याउन जनताले ठुलो त्याग गरेका छन् । परिवर्तनको बदलामा जनताले सुख, शान्ति र समृद्धि चाहेका थिए । तर पटकपटक परिवर्तन भइरहने सरकारले जनताको अपेक्षा पुरा गर्न सकेन । एउटा नेपाली उखान छ जुन जोगी आए पनि कानै चिरेको । त्यसलाई आजको सन्दर्भ जोडेर जुन सरकार आएपनि कानै चिरेको पनि भन्न सकिन्छ । सरकारमा आउनेको अनुहार त फेरिएका छन्, बोली, व्यबहार र चरीत्र उस्तै छन् । जनताको चाहना पुरा भएका छैनन् । सरकारले गर्ने बाचाको थुप्रो बाचामै सिमीत भएको छ ।
प्रत्येक सरकारले बाचा गरेको हुन्छ । म आएपछि यसो गर्छु उसो गर्छु । पहिलेको सरकारले भन्दा मैले धेरै काम गरेर देखाउछु भनेर नयाँ प्रधानमन्त्रीहरुले भनिरहेका हुन्छन् । एउटा नेपाली उखान छ नयाँ जोगीले धेरै खरानी घस्छ । अहिलेसम्म यस्तैमात्र भएको छ ।
हाम्रा निवर्तमान प्रधानमन्त्री कमरेड केपी ओलीलाई उखान टुक्का, चुट्किला र जोक्स सिकाउने कुनै माइका लाल यो देशमा छैन । अहिलेका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई चुट्किला त आउँदैन नै, उहाँबाट पनि खासै त्यस्तो अपेक्षा गर्ने ठाउँ देखिँदैन । तर जनताको जीवनमा खास महत्व राख्ने विषयमा सामान्य परिवर्तन उनले गरिदिए भने पनि त्यो काफी हुनेछ ।
इतिहासमा कांग्रेसका सरकारका वनेका कैयौं उदाहरण छन् । तर काँग्रेसले राष्ट्रको निम्ति खासै उल्लेखनीय काम गरेन । अहिले जनताले देउवालाइ ओली अत्याचारको विकल्पमा रोजेका हुन् । नेपाली काँग्रेसले यति कुरा बुझ्नैपर्छ अनि शेरबहादुर देउवाले पनि । यो कुरा काँग्रेस र देउवाले ठण्डा दिमागले सोचुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij