Logo

२०८२ मंसिर १६ गते मंगलवार

२०८२ मंसिर १६ गते मंगलवार

प्रधानमन्त्री देउवालाई पाकिस्तानी समकक्षीको बधाई

प्रधानमन्त्री देउवालाई पाकिस्तानी समकक्षीको बधाई


  • 4.8K
    Shares

    प्रधानमन्त्री देउवालाई पाकिस्तानी समकक्षीको बधाई
    images

    प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएको भोलिपल्ट सोमबार पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई दिएका छन्। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य मुलुक पाकिस्तानका प्रधानमन्त्री खानले साझा हितका विषयहरूमा नेपालसँग निकटसँग सहकार्य गर्ने पनि बताएका हुन्।

    प्रधानमन्त्री देउवालाई बधाई दिने उनी सार्कका दोस्रा नेता हुन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार साँझ प्रधानमन्त्री देउवालाई टेलिफोनमा र सामाजिक सञ्जाल ट्विटरमा बधाई दिएका थिए। पाकिस्तानका प्रधानमन्त्री खानले सामाजिक सञ्जालमा सोमबार बिहान देउवालाई बधाई दिएका हुन्।

    खानले अंग्रेजी र उर्दू दुवै भाषामा बधाई दिएका छन्।  ‘म नेपालका प्रधानमन्त्री महामहिम शेरबहादुर देउवालाई प्रतिनिधिसभाबाट विश्वासको मत जितेकोमा बधाई दिन चाहन्छु,’ पाकिस्तानी प्रधानमन्त्रीले भनेका छन्, ‘पाकिस्तान नेपालसँग मैत्रीपूर्ण सम्बन्ध थप गहिरो बनाउन चाहन्छ र साझा हितका विषयहरूमा नेपालसँग निकट रूपमा सहकार्य गर्न प्रतीक्षारत छ।’ रासस

    प्रकाशित मिति :श्रावण ४ २०७८ सोमवार - १२:१७:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij