Logo

२०८२ मंसिर १६ गते मंगलवार

२०८२ मंसिर १६ गते मंगलवार

काठे पुलबाट खसेर एकजना बेपत्ता

काठे पुलबाट खसेर एकजना बेपत्ता


  • 6.5K
    Shares

    काठे पुलबाट खसेर एकजना बेपत्ता
    images

    गण्डकी । गोरखाको चुमनुब्री गाउँपालिका–३ घट्टेखोलास्थित ठाडो खोलामा रहेको काठको पुलबाट खसेर एक जना बेपत्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार दिदीलाई घरबाट लिएर फर्कंदै गर्दा सोही गाउँपालिकाका ३० वर्षीय विजय गुरुङ अचानक पुलबाट खोलामा खसेर बेपत्ता भएका हुन् ।

    साउन १ गते राति करीब १ बजेको समयमा पुलबाट खसेका गुरुङको जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको टोलीद्वारा खोजी भइरहेको छ ।

    त्यसैगरी अविरल वर्षासँगै गएको पहिराले आज बिहान बागलुङ नगरपालिका–३ हाँडेपाखामा एउटा पिकअप जिपलाई क्षति पु¥याएको छ । पार्किङ गरिराखेको प्रदेश ०३–०१–०२२ च ९४१८ नंको सो जिप राखेको ठाउँमा पहिरासँगै ८०/८५ मिटर तल पुगी पूर्णरुपमा क्षति भएको हो । उक्त घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण २ २०७८ शनिवार - १८:०६:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij