Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

शनिबार नेपालमा कोभिडबाट २१ जनाको मृत्यु, १८ सय संक्रमित थपिए, २१ सय जना संक्रमणमुक्त

शनिबार नेपालमा कोभिडबाट २१ जनाको मृत्यु, १८ सय संक्रमित थपिए, २१ सय जना संक्रमणमुक्त

  • 6.5K
    Shares

    शनिबार  नेपालमा कोभिडबाट २१ जनाको मृत्यु, १८ सय संक्रमित थपिए, २१ सय जना संक्रमणमुक्त

    काठमाडौं । गत २४ घण्टामा नेपालमा १ हजार ८७५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार १६४ जना निको भएर घर फर्केका छन्।

    मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ८५८ पीसीआर परीक्षण गर्दा १ हजार ३१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार २०८ परीक्षण गर्दा ५६५ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

    गएको २४ घण्टामा २१ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार शनिबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५२७ पुगेको छ ।

    प्रकाशित मिति :श्रावण २ २०७८ शनिवार - १७:५८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij