Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रभु लाइफको आईपीओ भोलिदेखि बिक्रीमा

प्रभु लाइफको आईपीओ भोलिदेखि बिक्रीमा


  • 10.4K
    Shares

    प्रभु लाइफको आईपीओ भोलिदेखि बिक्रीमा

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारण्मा प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ । यहि मंसिर २९ गतेदेखि कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो ।

    कम्पनीको एक सय रुपैयाँं अंकित दरका कुल ६० लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामुहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । 

    सर्वसाधारणका लागि ५४ लाख कित्ता भर्न पाउने छन । कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ छ । आईपीओपछि २ अर्ब पुग्नेछ ।

    आइपीओ निष्काशन बन्द छिटोमा पुष २ गते र ढिलोमा पुष १३ गतेसम्म रहने छ । न्यूनतम १० कित्तादेखि ५००० कित्तासम्म आवेदन दिन सकिने छ । 

    प्रकाशित मिति :मंसिर २८ २०७७ आइतवार - १५:०३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij