Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

अमेरिकामा सोमबारबाट कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिने

अमेरिकामा सोमबारबाट कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिने


  • 11.3K
    Shares

    अमेरिकामा सोमबारबाट कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिने

    औषधि उत्पादक कम्पनी फाइजररबायोन्टेक कम्पनीले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन भोलि सोमबारदेखि अमेरिकी नागरिकहरूले पाउने भएका छन् ।

    सरकारी अधिकारीहरूका अनुसार यो भ्याक्सिन आपतकालीन अवस्थामा रहेकाहरूलाई सुरुमा लगाइनेछ । औषधि वितरणको जिम्मा लिएका गुस्टाभ प्रार्नाका अनुसार पहिलो चरणका लागि तीन करोड डोज भ्याक्सिन देशभरका लागि छुटिसकेको छ ।

    यो खोप २४ घण्टाभित्र देशका सबै स्थानमा पुगिसक्ने उनको भनाइ छ । यो भ्याक्सिनले कोरोनाविरुद्ध ९५ प्रतिशत सुरक्षा दिने फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए)ले जनाएको छ ।

    अमेरिकामा कोरोना भाइरस संक्रमण दर निरन्तर बढी नै रहेको छ । शनिबार मात्रै पनि तीन हजार तीन सय नौजनाले संक्रमणका कारण ज्यान गुमाउनुपरेको जोन्स होप्किन्स युनिर्भसिटीले जनाएको छ । यो संख्या हालसम्मकै सबैभन्दा बढी हो । 

    एफडिएले गत शुक्रबार मात्रै फाइजर–बायोन्टेकको भ्याक्सिन आपतकालीन अवस्थामा प्रयोग गर्न सकिने गरी अनुमति दिएको थियो । एफडिएलाई फाइजरको भ्याक्सिनलाई प्रयोगमा ल्याउन अनुमति दिन राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत दबाब दिएको उल्लेख छ । 

    यसअघि नै फाइजरको भ्याक्सिन प्रयोगका लागि बेलायत, बहराइन, क्यानडा र साउदी अरबले अनुमति दिइसकेका छन् । यिनै देशहरूमा जस्तै अमेरिकाले पनि पहिलो चरणमा स्वास्थ्यकर्मी, केयर होममा आश्रित र उनीहरूको रेखदेख गर्ने कर्मचारीलाई भ्याक्सिन दिने अपेक्षा गरिएको छ । 

    प्रकाशित मिति :मंसिर २८ २०७७ आइतवार - १४:२८:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij