Logo

२०८२ मंसिर १७ गते बुधवार

२०८२ मंसिर १७ गते बुधवार

दुर्लव वन्यजन्तु हाब्रेको छालासहित दाङबाट २ जना पक्राउ

दुर्लव वन्यजन्तु हाब्रेको छालासहित दाङबाट २ जना पक्राउ


  • 4.5K
    Shares

    दुर्लव वन्यजन्तु हाब्रेको छालासहित दाङबाट २ जना पक्राउ
    images

    सुर्खेत– दुर्लव वन्यजन्तु हाब्रे (रेडपाण्डा) को छालासहित प्रहरीले दाङबाट २ जनालाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार पक्राउ पर्नेमा सुर्खेत भेरीगंगा नगरपालिका–८ का ५६ वर्षीय नरबहादुर बस्नेत र जाजरकोट जुनीचाँदी गाउँपालिका–७ का ४८ वर्षीय डिलबहादुर रावत रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय दाङका अनुसार प्रहरीले उनीहरुको साथबाट पुच्छरदेखि टाउकोसम्म २ फिट १० इन्च लम्बाई भएको नङ्ग्रा सहितको रेडपाण्डा जस्तो देखिने सुकेको छाला एक थान, काइनेटिक टल्कने ढुंगा सानो ठूलो गरी ३२ पिस र एक थान मोबाइल बरामद गरेको छ ।

    अहिले घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ ३१ २०७८ बिहिवार - १२:२१:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij