Logo

२०८२ मंसिर १६ गते मंगलवार

२०८२ मंसिर १६ गते मंगलवार

सरकारले बढायो सवारी भाडा [सूचनासहित]

सरकारले बढायो सवारी भाडा [सूचनासहित]


  • 4.2K
    Shares

    सरकारले  बढायो सवारी भाडा [सूचनासहित]
    images

    सरकारले यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडा वृद्धि गरेको छ ।

    भाडा समायोजन सम्बन्धमा असार २७ मा मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति प्राप्त भएबमोजिम भाडादर वृद्धि गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

    केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले जाँदाजाँदै भाडा वृद्धिको स्वीकृति प्रदान गरेका थिए ।

    विभागका प्रवक्ता डा. लोकनाथ भुसालद्वारा जारी सूचनामा जनाइए अनुसार यात्रुबाहक सवारी साधनको भाडा २८ प्रतिशत र मालबाहक सवारी साधनको भाडा २० देखि २६ प्रतिशत वृद्धि भएको छ ।

    मालबाहक सवारीतर्फ पहाडी बाटोमा २० र तराईको बाटोमा २६ प्रतिशत भाडा वृद्धि गरिएको सूचनामा उल्लेख छ ।

    हेर्नुहोस्, सूचना :

    प्रकाशित मिति :आषाढ ३० २०७८ बुधवार - १६:३०:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij