Logo

२०८२ मंसिर १६ गते मंगलवार

२०८२ मंसिर १६ गते मंगलवार

युवा संघले कोटेश्वरमा जलाए माधव नेपालको पुत्ला

युवा संघले कोटेश्वरमा जलाए माधव नेपालको पुत्ला


  • 7.7K
    Shares

    युवा संघले  कोटेश्वरमा जलाए माधव नेपालको पुत्ला
    images

    काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीका कार्यकर्ता (समर्थक)हरुले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालको पुत्ला जलाएका छन्। 

    प्रधानमन्त्रीबाट अपदस्त भएर सरकारी निवासबाट निजी निवास फर्किएका ओलीलाई ‘स्कर्टिङ’ गरेका कार्यकर्ताहरुले कोटेश्वरमा नेता नेपालको पुत्ला जलाएका हुन्।

    ओली बालुवाटारबाट बालकोट जाँदा मोटरसाइकलमा स्कर्टिङ गर्न पुगेका युवाहरुको समूह बालकोटबाट फर्किएर कोटेश्वरमा जम्मा भएको थियो। कोटेश्वरस्थित नेता नेपालको घर घेर्ने योजनासहित उनी त्यहाँ जम्मा भएका थिए। 

    ओली समर्थकले नेपालको घर घर्न थालेको सूचना पाएपछि कोटेश्वरमा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो। नेता नेपालको निवास छिर्ने बाटो नै प्रहरीले ब्लक गरिदिएपछि उनीहरुले काटेश्वर चोकमा नेपालको पुत्ला दहन गरेका हुन्। 

    प्रकाशित मिति :आषाढ ३० २०७८ बुधवार - १६:२५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij