Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

शिक्षक तथा विद्यालयका कर्मचारीले मंगलबार (भोलि) देखि कोरोना खोप लगाउन पाउने

शिक्षक तथा विद्यालयका कर्मचारीले मंगलबार (भोलि) देखि कोरोना खोप लगाउन पाउने


  • 9.7K
    Shares

    शिक्षक तथा विद्यालयका कर्मचारीले मंगलबार (भोलि) देखि कोरोना खोप लगाउन पाउने

    काठमाडौँ । देशभरका विद्यालय, विश्वविद्यालयलगायत शैक्षिक संस्थाहरूमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले मंगलबार (भोलि) देखि कोरोना खोप लगाउन पाउने भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै मंगलबारदेखि शिक्षक तथा कर्मचारीहरुलाई चीनले विकास गरेको ‘भेरोसेल’ खोप दिने जनाएको हो ।

    शिक्षक र कर्मचारीलाई सम्बन्धित संस्थाको परिचय पत्रको आधारमा खोप दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    कोरोना खोप सुनिश्चित नभएसम्म विद्यालयमा भौतिक उपस्थिति नहुँने जनाउँदै आएको शिक्षक महासंघले लामो समयदेखि शिक्षक तथा विद्यालयका कर्मचारीहरुलाई खोपको माग गर्दै विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ ।

    प्रकाशित मिति :आषाढ २८ २०७८ सोमवार - १८:५८:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij