Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

ब्राउन सुगरसहित दुईजना पक्राउ

ब्राउन सुगरसहित दुईजना पक्राउ


  • 4.6K
    Shares

    ब्राउन सुगरसहित दुईजना पक्राउ
    images

    झापा– झापाको शिवसताक्षीबाट लागुऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् ।

    शिवसताक्षी ६ बाट सोही ठाउँका २३ वर्षिय रियाज अन्सारी र वडा नं. ४ का २१ वर्षिय सञ्जय प्रधान पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    उनीले चलाएको को ७ प ४९०६ नम्बरको मोटरसाईकल रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुबाट ५ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

    उनीहरुको साथबाट नगद १३ हजार, मोबाईल ४ थानसमेत बरामद गरिएको र थप अनुसन्धान प्रक्रिया अघि बढाईएको प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिएका छन् ।

    प्रकाशित मिति :आषाढ २८ २०७८ सोमवार - १३:४१:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij