Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

बागलुङका ६६ घर उच्च जोखिममा

बागलुङका ६६ घर उच्च जोखिममा


  • 4.6K
    Shares

    बागलुङका ६६ घर उच्च जोखिममा
    images

    बागलुङमा पछिल्लो दुई महिनाका अवधिमा ६६ घर पहिरोका उच्च जोखिममा परेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार दुई जनाको मृत्यु भएको छ भने एक बेपत्ता छन् ।    
        
    बेपत्ता हुनेमा ताराखोला गाउँपालिका–२ घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्की रहेको प्रहरीले जनाएको छ । वर्षात्को शुरुमै जिल्लाका विभिन्न स्थानमा एक दर्जन भन्दा बढी घरपरिवार विस्थापित भएका थिए । उनीहरु छिमेकीकामा आश्रय लिएर बसेका छन् । काठेखोला ,बडीगाड र ताराखोला गाउँपालिका तथा गलकोट नगरपालिकाका विभिन्न स्थानमा पहिरोले क्षति पु¥याएको छ ।    
        
    पहिरामा २५ घर र तीन गोठ पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो । मानवीय क्षति हुने सम्भावना बढेपछि जोखिम क्षेत्रका स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको उहाँको भनाइ छ । बाढीपहिराबाट यस अवधिमा रु डेढ करोडभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।    
        
    यही असारको पहिलो साता नै बागलुङ नगरपालिका–७ पैराबारीमा घरमाथिबाट झरेको पहिराले एक घर भत्काएको थियो भने एक घर उच्च जोखिममा पारेको थियो । पहिराका कारण स्थानीयवासी रविलाल गौतमको घर गोठ भत्काएको थियो भने गोठमा रहेको भँैसी पुरिएर मरेको छ ।    
        
    सोही स्थानका महेन्द्र गौतमको घर उच्च जोखिममा परेपछि परिवार विस्थापित भएको जनाइएको छ । वर्षात्का कारण बागलुङ –४का नन्दलाल पौडेलको घर भत्केको र सोही स्थानका प्रदीप शेरचनको दुईतले पक्की घर, माया जिसीको कच्ची घर पहिरोका कारण उच्च जोखिममा परेपछि विस्थापित भएको थियो ।    
        
    बागलुङ–१३ फर्सेडाँडा बस्ने पार्वती पौडेलको घरको अगाडि र पछाडिबाट पहिरो झरेपछि घर उच्च जोखिममा परेको थियो । बरेङ गाउँपालिका–१ भ्यूडाँडाका विशाल विकको घर पनि जोखिममा परेपछि उहाँको परिवार पनि विस्थापित बनेको छ ।    
        
    त्यसैगरी गलकोट –४ चमुवाकी स्थानीयबासी चन्द्रकला क्षेत्रीको घर पछाडिबाट पहिरो झरेपछि दुई तले कच्ची घर उच्च जोखिम परेको छ । घर जोखिममा परेपछि उहाँको परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । गलकोटकै डाँडाखेतमा पनि पहिरोले स्थानीय देवबहादुर खत्रीको घर उच्च जोखिममा परेपछि उनको परिवार विस्थापित भएको छ । विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको हवारीको भनाइ छ ।    
        
     जिल्लाको जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकामा ११ घर पहिरोको उच्च जोखिममा परेका छन् । रासस

    प्रकाशित मिति :आषाढ २७ २०७८ आइतवार - १५:०२:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij