२०८२ भाद्र २ गते सोमवार
प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीको कार्यशैली प्रति सधै आक्रामक हुँदै आएकी नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले एकता भन्नुको अर्थ लम्पसार हुनु नभएको भन्दै राजनीतिक जमिन र बास्तविकतामा आधारित भएर एकता हुनुपर्नेमा जोड दिएकी छिन् । उनले आफूहरुले कहिल्यैपनि एमाले फुटाउन नचाहेको जिकिर गरिन् । एक टेलिभिजन संगको अन्तर्वार्तामा झाँक्री ओली प्रति थप खनिएकि हुन्।
अध्यक्ष केपी शर्मा ओली पक्षधरसँग वार्तामा रहेका आफ्नो तर्फबाट नेताहरुले सार्वजनिक खपतको लागि मिडियामा बोल्नु गलत भएको पनि उनले टिप्पणी गरिन् । उनले अध्यक्ष केपी शर्मा ओली स्टेप–डाउन नभएसम्म एकता असम्भव रहेको पनि जिकिर गरिन् । उनले प्रधानमन्त्री ओलीले राजनीतिक अपराध गरेकोले यसप्रति ओली जवाफदेही हुनुपर्ने बताईन् । उनले पार्टी एकताको लागि ओलीले अध्यक्षबाट हट्नुपर्ने बताएकी छिन् ।
उनले कार्यदलमा रहेका आफू पक्षधर सदस्य सुरेन्द्र पाण्डेले भन्दैमा आफूहरुको हस्ताक्षर फिर्ता नहुने दाबी गरिन् । उनले भनिन्,‘हस्ताक्षर फिर्ता लिनको लागि केपी ओलीले दिएको अल्टिमेटम सकिसकेको छ । शेरबहादुर देवालाई दिएको समर्थन यथावत छ । यो भोलिपनि रहन्छ ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij