Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

देउवाले पेल्ने छनक देखाएपछि रामचन्द्रले खोले फायर, देउवाको बलजफ्ती रोक्न को-को उत्रिए ?

देउवाले पेल्ने छनक देखाएपछि रामचन्द्रले खोले फायर, देउवाको बलजफ्ती रोक्न को-को उत्रिए ?


  • 6.3K
    Shares

    देउवाले पेल्ने छनक देखाएपछि रामचन्द्रले खोले फायर, देउवाको बलजफ्ती रोक्न को-को उत्रिए ?
    images

    नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अन्य पार्टीबाट आएकाहरूको संगठनमा समायोजन र क्रियाशील सदस्यता छानबिनबारे भइरहेका गतिविधिबारे जानकारी लिएको छ । आफ्नो समूहबाट दुवै समूहमा सहभागी नेताहरूलाई बोलाएर पौडेलसहितका नेताहरूले जानकारी लिएका हुन् । छलफल बत्तिसपुतलीको एक होटलमा भएको थियो । 
      
    अन्य पार्टीबाट आएका नेता कार्यकर्ता पार्टीमा समायोजन गर्न बनाइएको उपसभापति विमलेन्द्र निधि नेतृत्वको समितिमा समूहबाट दीपक गिरी र दीलेन्द्रप्रसाद बडू सदस्य छन् । रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिमा समूहबाट जीवन परियार, प्रदीप पौडेल र कल्याण गुरुङ सदस्य छन् । 

    छलफलमा दुवै समितिका सदस्यहरूले अहिलेसम्म भएका क्रियाकलापबारे नेताहरूलाई जानकारी गराएका थिए । 

    नेता पौडेलले समायोजनका नाममा प्रक्रिया नपुर्‍याइ क्रियाशील सदस्यता वितरण गरेको भन्दै आपत्ति जनाएका छन् । समायोजन समितिका संयोजक उपसभापति निधिलाई १४ असारमा आफ्नै निवास बोहोराटारमा बोलाएर पौडेलले प्रक्रिया पुर्‍याएर मात्रै पार्टीमा अन्य पार्टीबाट आएका नेता कार्यकर्तालाई भित्र्याउन सुझाएका थिए । त्यसपछि मात्रै महाधिवेनबारे अन्य कुरा गर्ने भन्दै पौडेलले सभापतिमा सहयोग माग्न गएका निधिलाई कुनै कुरा नगरी फर्काएका थिए । 

    समिति सदस्यहरूले बैठकमा प्रक्रिया पुर्‍याएर भन्दा पनि बलजफ्तीका आधारमा टुंग्याउन संस्थापन लागिरहेको र आफूहरूले असहमति जनाइरहेको बताएका थिए । पौडेलसहितका नेताहरूले बलजफ्ती गरे जानकारी गराउन र सहमति नजनाउन निर्देशन दिएका थिए । 

    छलफलमा पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, डा. रामशरण महत, अर्जुननरसिंह केसी डा. शेखर कोइरालालगायत नेताहरू थिए । 

    प्रकाशित मिति :आषाढ २४ २०७८ बिहिवार - १६:४७:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij