Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

शिक्षा मन्त्रालय मातहतका निकायमा एकै पटक १६ नियुक्ति, कसको कहाँ ?

शिक्षा मन्त्रालय मातहतका निकायमा एकै पटक १६ नियुक्ति, कसको कहाँ ?


  • 10.5K
    Shares

    शिक्षा मन्त्रालय मातहतका निकायमा एकै पटक १६ नियुक्ति, कसको कहाँ ?

    सरकारले शिक्षा मन्त्रालय अन्र्तगत विभिन्न निकाय र समितिमा  १६ जनाको एकै पटक नियुक्ति गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री वसन्तकुमार नेम्वाङले गत जेठ ३१ यता बसेका चार वटा बैठकका निर्णय सार्वजनिक गरेका हुन् । जेठ ३१ यता असार ७, १० र १४ गते बसेको मन्त्रिपरिषद् बैठक मध्ये गत जेठ ३१ र असार ७ गतेको बैठकले शिक्षामा नियुक्ति गरेको हो । 

    जेठ ३१ गतेको बैठकले नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समितिको अध्यक्षमा डा।अर्जुन कार्की, सदस्यमा डा। अमिना सिंह, डा। असीम ढकाल, प्रा।डा। विपिनचन्द्र अधिकारी, बिरेश शाह, डा। दोभान राई,  डा। संगिता कौशल मिश्र, डा।सूर्यराज आचार्य, डा। उत्तमबाबु श्रेष्ठ र श्रवणकुमार राणालाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै सोही दिनको बैठकले विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको सदस्य पदमा खड्गबहादुर राई र वाङछेदर लामालाई नियुक्त गर्ने निर्णय गरेको छ । 

    यसैगरी असार ७ गते बसेको बैठकले मदन मण्डारी प्रौद्योगिक विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको सदस्य पदमा प्रा।डा। मनराज कोलाक्षपति, डा. पदम बहादुर शाही र  डा.अनिल पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । 

    सोही दिनको बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिईभिटिको सदस्य–सचिव पदमा वालिङ नगरपालिका, स्याङ्जाका जीवनारायण काफ्लेलाई तोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको चार बैठकले विभिन्न ३३ वटा निर्णयहरु गरेको मन्त्री नेम्वाङले सार्वजनिक गरेका हुन् । 

    चुनाव घोषणा गरेको सरकारले राज्यका विभिन्न निकायहरूका एकै पटक ठूलो संख्यामा नियुक्ति गरेको छ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमका विरुद्ध सर्वोच्च अदालतमा बहस जारी रहेका बेला सरकारले नियुक्ति गरेको हो ।  

    सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा पाँचथरका भीमकुमार ओझा र सदस्यमा ओखलढुङ्गामा महेन्द्रबहादुर गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको छ । राष्ट्रिय योजना आयोगको सदस्य पदमा बाजुराका राजबहादुर गिरीलाई नियुक्त गर्ने निर्णय गरेको छ । राष्ट्रिय समाचार समितिको महाप्रबन्धकमा धनकुटाका सिद्धराज राईलाई नियुक्त गर्ने निर्णय गरेको छ ।  यस्तै राष्ट्रिय विमा संस्थानको प्रशासकमा कविप्रसाद पाठकलाई पुनः नियुक्ति दिने निर्णय गरिएको छ । 

    नेपाल इञ्जिनियरिङ परिषद्को रजिष्टार पदमा इञ्जिनियर शिवमंगल गिरीलाई नियुक्त गर्ने निर्णय भएको छ ।  मन्त्रिपरिषदको बैठकले नेपाली सेनाका पाइलट सहायक रथी आशिष नरसिंह राणालाई पाइलट उपरथी दर्जामा बढुवा गर्ने निर्णय भएको छ । साथै कोभिड खोपको ट्रायल प्रक्रियालाई स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

    त्यस्तै वीर भक्ति थापालाई नेपालको राष्ट्रिय विभूतिमा समावेश गर्ने निर्णय भएको छ । आर्थिक वर्ष २०७६र७७ र ०७७र७८ गरी लगातार दुई वर्षसम्म वार्षिक रुपमा न्यूनतम एकसय जना कामदार पठाउन नसकेका इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीहरूको इजाजतपत्र आर्थिक वर्ष २०७८र७९ को लागि नवीकरण गराउन आएमा नवीकरण गरिदिने निर्णय भएको छ । सरकारी निकायको वेबसाइट निर्माण तथा व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७८ स्वीकृत गर्ने निर्णय पनि मन्त्रीपरिषद्ले गरेको छ । 

    महिला तथा बालबालिका मन्त्रालयको प्रस्तावमा खबर गरौं ११४५ सञ्चालन गर्नका लागि राजपत्राङ्कित तृतीय श्रेणीका ४ जनाको अस्थायी दरबन्दी स्वीकृति गर्ने निर्णय भएको छ ।

    मन्त्रिपरिषद् बैठकले विभिन्न दातृ निकायबाट अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । गण्डकी नदी बेसिन क्षेत्रका बासिन्दाको लागि हरित जलवायु कोष आयूसिएनमार्फत प्राप्त हुने २७ दशमलव ४ मिलियन अमेरिकी डलर सहायता स्वीकार गर्ने निर्णय गरिएको छ । जापान सरकारबाट प्रोजेक्ट फर ह्यूमन रिसोर्स प्रोग्राम फर स्कलरसीप दोश्रो चरण अन्तर्गत सन् २०२१ का लागि छात्रवृत्तिका लागि प्राप्त हुने ३ सय ५६ मिलियन जापानी यान बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ ।  

    विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताका रुपमा प्राप्त हुने १ सय ५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि भएको छ ।

    प्रकाशित मिति :आषाढ २३ २०७८ बुधवार - १४:५५:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij