२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । नेपाल वैदेशिक रोजगार ब्यबसायी संघले दुई ब्यबसायी महिलालाई सम्मान गरेको छ ।
संघकी पूर्व सचिव सुवर्ण श्रेष्ठ र वर्तमान कोषाध्यक्ष ईन्दिरा गुरूङलाई सम्मान गरिएको छ । संघकी पूर्व सचिव श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद सदस्यमा नियुक्तिका लागि सम्मान गरिएको थियो ।
कोषाध्यक्ष गुरूङ नेपाल ओलम्पिक कमिटीको मार्केटिङ तथा स्पोन्सर समितिको सचिवमा नियुक्त भएकी छन् । दुवै महिला व्यवसायीहरूलाई संघ अध्यक्ष बिश्णु गैरेसहित संघका पूर्व अध्यक्ष लगायत संघमा आवद्ध घटक संस्थाका अध्यक्षहरूले खादा तथा माला लगाईदिएर सम्मान गरे।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij