२०८२ भाद्र ९ गते सोमवार
काठमाडौँ । बद्री पङ्गेनी र गोपाल पोखरेलको लोकगीत ‘तिम्रो घरमा मेरी छोरी’ सार्वजनिक भएको छ । बद्री पङ्गेनी युटुब च्यानलबाट बजारमा आएको गीतमा पङ्गेनी र रचना रिमालले स्वर दिएका छन् ।
गीतमा नारायण ज्ञवालीका शब्द र पङ्गेनी आफैँको सङ्गीत छ । पहिलो पटक गीतको भिडियो निर्देशन पङ्गेनी आफैँले गरेका छन् ।
बिपी फिल्म प्रालिले निर्माण गरेको भिडियोमा सन्तोष पन्त, लक्ष्मी गिरी, टीका जैसी, रेश्मी भट्ट, कृष्ण बराल, मनिषा राउत र बालकलाकार जेनिशा बुढा मगरको अभिनय तथा विश्वास नेपालको सङ्गीत संयोजन छ ।
पङ्गेनीले रहर जागेर भिडियो निर्देशन गरिएको र आगामी दिनमा पनि निर्देशनलाई निरन्तरता दिन सक्ने बताए । उनका अनुसार समाजमा जरा गाडेर रहेको जातीय विभेदको समस्या उजागर गर्दै अन्त्य गर्नमा मद्दत गर्ने विश्वास लिइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij