Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

वैदेशिक रोजगार फोरम गठन हुने

वैदेशिक रोजगार फोरम गठन हुने


  • 10.1K
    Shares

    वैदेशिक रोजगार फोरम गठन हुने

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले देशको व्यापार घाटालाई सन्तुलनमा राख्ने तथा बेरोजगार युवायुवतीलाई रोजगारी उपलब्ध गराउने वैदेशिक रोजगारको क्षेत्रलाई ओझेल परिरहन नदिने प्रतिवद्धता जनाएका छन् ।

    नेपाल उद्योग वाणिाज्य महासंघको ५४ औं वार्षिक साधारणसभा  एव अधिवेशनबाट निर्वाचित अध्यक्षसहित पदाधिकारी र बस्तुगत समूहका कार्यकारिणी समितिको सम्मानमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघद्वारा बिहीबार राजधानीमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा महासंघ अध्यक्ष गोल्छाले उक्त प्रतिवद्धता जनाएका हुन् ।

    नेपालमा वैदेशिक रोजगार शुरूवात भएको २८ वर्षको अवधिमा नेपाल जनताको आय ४ शय अमेरिक डलरबाट ११ शय पुगेको भन्दै अध्यक्ष गोल्छाले त्यसमा वैदेशिक रोजगारको योगदान महत्वपूर्ण रहेको बताए । उनले भने, वैदेशिक रोजगारले व्यापार घाटा कम गरिरहेको छ । यसलाई सरकारले भुल्न हुदैन ।’ वैदेशिक रोजगारका कारणले सीप विकास र देशमा रोजगारी बढेन भन्ने असन्तुष्टी देखिपनि आफू त्यसमा सहमत नरहेको गोल्छाले बताए । उनले भने ,नेपाली कामदार वैदेशिक रोजगारीमा जाँदा कृषिको उत्पादन घटेको छैन । बरू केही प्रतिशतले बढेको छ ।’

    वैदेशिक रोजगारको महत्वपूर्ण भूमिकालाई थप उजागर गर्न महासंघले वैदेशिक रोजगार फोरम बनाउने घोषणा पनि अध्यक्ष गोलछाले गरे । वैदेशिक रोजगार फोरमले सबै पक्षसँग समस्या समाधानका लागि छलफल गर्ने उनले बताए ।

    महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले महासंघ वैदेशिक रोजगारका समस्याको समाधानका लागि संघसँग सहकार्य गरर अघि बढ्ने बताए । 

    संघले उठाएका जायज माग सम्वोधन नगरेर सरकारले संघलाई अन्याय गरेको भन्दै वरिष्ठ उपाध्यक्ष ढकालले बेरोजगारलाई रोजगारी दिलाउने क्षेत्रलाई सरकारले उपेक्षा गर्न नहुने बताए । उनले व्यवसायीहरूलाई बजार प्रवर्द्धनका लागि डलरको सटही सुविधा दिनुपर्ने बताए । आफूले रेमिट्यान्स कारोवार शुरूवात गर्दा २० वर्ष अघि उठाएका माग संघले अहिलेसम्म उठाउनु पर्ने अवस्था आउनु न्यायोचित नभएको भन्दै ऐन नियममा नीतिगत सुधारकालागि सरकारलाई दवाव दिने उपाध्यक्ष ढकालले बताए ।

    महासंघका एसोसियट तर्फका उपाध्यक्ष अन्जान शाक्यले वैदेशिक रोजगार ऐनमा संशोधन गरेर कामदार र व्यवसायी मैत्री बनाउन महासंघले जोड दिने प्रतिवद्दता जनाउँदै वैदेशिक रोजगार कोषको प्रभावकारी परिचालन गर्ने कार्यक्रम ल्याउनु पर्ने बताए । 

    नेपालमा परिवर्तनकालागि तथ्यांक नभएको भन्दै वैदेशिक रोजगारीमा गएका र फर्केकाहरूको तथ्यांक तयार गर्नुपर्ने उनको भनाइ थियो ।

    संघका अध्यक्ष एव महासंघका एसोसियट सदस्यमा निर्वाचित विष्णुप्रसाद गैरेले महासंघसँग सहकार्य गरी अगाडि बढ्न संघ आतुर र तत्पर रहेको भन्दै आफूले महासंघका १ सय ३ सदस्यसँग वैदेशिक रोजगारका समस्या वारे छलफल गरेर अघिबढ्ने बताए । रेमिट्यान्स र सिपको सम्मान हुने वातावरण बन्नुपर्छ भन्दै अध्यक्ष गैरेले वैदेशिक रोजगारबाट फर्केकाको वायोडाटा व्यवस्थापनमा तत्काल ध्यान दिने बताए । मुलुक सातवटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको तालिम स्थापना गर्नुपर्ने भन्दै गैरेले त्यसको लागि महासंघका तर्फबाट सरकारसँग छलफल गर्नुपर्ने बताए । 

    कार्यक्रम संघका संस्थापक अध्यक्ष महेन्द्र शेरचनको प्रमुख आतिथ्यतामा भएको थियोे । २८ वर्षको अवधिमा पनि समाधान हुन नसकेका धेरै समस्या रहेको भन्दै शेरचनले महासंघमा संघको प्रतिनिधित्वले आशा पलाएको बताए । महासचिव सुजित कुमार श्रेष्ठले सञ्चालन गरेकोे कार्यक्रम संघका प्रथम उपाध्यक्ष कमल तामाङको सभापतित्वमा भएको थियोे ।

    प्रकाशित मिति :मंसिर २६ २०७७ शुक्रवार - १५:४४:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij