२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । सनराइज बैंक लिमिटेडले बझाङको जयपृथ्वी नगरपालिका–३ राजकोटमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५४ पुगेको छ ।
बैंकले जयपृथ्वी नगरपालिका वडा नं ३, राजकोटमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा विष्णु बहादुर खड्कालार्ई नियुक्त गरेको छ । बिहिवार आयोजित कार्यक्रममा प्रमुख अतिथिमा पांण्डु माध्यमिक विद्यालय राजकोटका प्रधानाध्यापक राम बहादुर ऐडीको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा चैनपुर शाखाका अपरेशन इन्चार्ज नबराज रोकाया र अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।
हालसम्म बैंकले १३९ वटा शाखा, ५४ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएममार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij