Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

अन्जु पन्तको गीत ‘धेरै माया नदेऊ मलाई’ मा छोरी परितोषिकाको अभिनय

अन्जु पन्तको गीत ‘धेरै माया नदेऊ मलाई’ मा छोरी परितोषिकाको अभिनय


  • 9.2K
    Shares

    अन्जु पन्तको गीत  ‘धेरै माया नदेऊ मलाई’ मा छोरी परितोषिकाको अभिनय

    काठमाडौं । गायिका अन्जु पन्तले पहिलो पटक संगीत गरेको गीत ‘धेरै माया नदेऊ मलाई’ सार्वजनिक गरिएको छ । पन्तकै स्वरमा रहेको गीतमा शब्द रचना सुरेश वाग्लेको छ । 

    गीतको म्युजिक भिडियोमा गायिका पन्तकी छोरी परितोषिका पन्तले अभिनय गरेकी छिन् । उनको यो पहिलो म्युजिक भिडियो हो । परितोषिकाका साथमा देखिएका छन्, मोडेल कुन्साङ बोम्जन । 

    गीतको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । गीतको भिडियो गायिका अन्जु पन्तको अफिसियल ‘युट्युब च्यानल’, ‘अन्जु पन्त अफिसियल’ मा हेर्न सकिनेछ ।

     

    प्रकाशित मिति :मंसिर २६ २०७७ शुक्रवार - ११:२८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij