Logo

२०८२ कार्तिक १ गते शनिवार

२०८२ कार्तिक १ गते शनिवार

यी हुन भुबन केसीको प्रेमिका, ६० वर्षको उमेरमा पनि केसीको अनौठो प्रेम कहानी

यी हुन भुबन केसीको प्रेमिका, ६० वर्षको उमेरमा पनि केसीको अनौठो प्रेम कहानी


  • 8.9K
    Shares

    यी हुन भुबन केसीको प्रेमिका, ६० वर्षको उमेरमा पनि केसीको अनौठो प्रेम कहानी
    images

    उमेरले ६० वर्ष पुग्न लागिसकेका भुवन केसी अझै पनि उत्तिकै आकर्षक देखिन्छन् । कहिल्यै जिम र व्यायाम नगर्ने भुवन उत्तिकै ह्यान्डसम पनि छन् । केसी चलचित्रका सर्वा्धिक सफल कलाकारसमेत हुन् । उनी अभिनयमा पनि सफल छन् । उनले निर्माण गरेका अधिकांश चलचित्र सुपर हिट भएका छन् । यद्यपि भुवन पारिवारिक हिसाबले भने असफल मानिन्छन् ।

    अनमोल, विवेक र काजलका बुबा भुवनले जियालाई पारिवारिक रूपमा एकदमै नजिक बनाइसकेका छन् । दुई पटक श्रीमतीलाई रिझाउन नसकेका भुवनले अहिले जियालाई भने विवाह नै नगरी श्रीमतीजस्तै बनाएर मात्र किन राखेका होलान् ? भन्ने प्रश्नको रहस्य अहिलेसम्म रहस्यमै छ ।

    भुवन दोस्रो विवाह पनि सफल नभएर एक्लिएको बेलामा जियाले भुवनलाई साथ दिएकी थिइन् । सन् २०१४ देखि भुवन र जिया दुइ जनासंगै बस्न थालेका छन् । जिया भुवनकै घरमा बस्छिन् । उमेरले ६० वर्ष पुगिसकेका भुवन अहिले पनि उत्तिकै आकर्षक छन् र युवतीका कारण चर्चामा आएका छन् । उनीहरुले विवाह गरेको छैन भनेका छन् तर परिवारले भने जियालाई भुवनको जोडी भनेर स्वीकार गरेको बताइएको छ ।

    उनीहरुले सार्वजनिक रुपमा आफुहरुलाई जोडीका रुपमा परिचय नगराए पनि परिवारले भने जोडीकै रुपमा स्वीकार गरेको मान्न सकिन्छ । भुवनले पहिलो मागी विवाह गरेका थिए । त्यो विवाह टिकेन । त्यसपछि उनले दोस्रो प्रेम विवाह सुस्मितासंग गरेका थिए । उनीहरुको छोरा अनमोल अहिलेका चल्ता नायक हुन् ।

    केही समय यता सामाजिक सञ्जालमा अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहबीचको विवाद चलेको थियो ।नायक भुवनको ब्यक्तिगत र सार्वजनिक जिवन निकै विवादास्पद छ । उनको दुई पटकको विवाह सफल भएन । उनी छोरासंग बस्दै आएका छन् । उनका दुवै श्रीमतीले सम्बन्ध विच्छेद गरेर अमेरिकामा छन् । एक पछि अर्को श्रीमतीले साथ छोडेपछि अहिले उनी जिया केसीसंग साथमा छन् । उनले सार्वजनिक रुपमा जियालाई आफ्नो साथी भनेर सम्बोधन गर्छन । उनले जियासंग आफु निकै खुसी भएको पनि बताउँछन् ।

    बिश्वस्त सूत्रहरुका अनुसार भूवन केसी र जीया केसी लामो समयदेखि ‘लिभिङ टूगेदर’मा छन् । भुवनको घरमा जीया केसीलाई धेरै पटक देखेको केही चलचित्रकर्मी बताउँछन् । भुवनसँग निकट भएपछि जीया अहिले चलचित्र क्षेत्रमा सक्रिय छैनन् । तर, एक्ला भूवन केसीलाई जीयाले उनकै घरमा बसेर साथ दिइरहेकी छिन् । लिभिङ टुगेदरको कुरालाई दुबैले अस्विकार गर्दै आएका छन् । तर, भुवन केसीको घरमा काम विशेषले पुग्ने चलचित्रकर्मीले जीयालाई पनि कैयौंपटक भेटेको बताउँछन् ।

    को हुन् जिया ?

    दीपक श्रेष्ठले निर्माण गरेको चलचित्र ‘हो यही माया हो’ बाट रंगीन संसारमा प्रवेश गरेकी हुन्— जिया केसी । झापाबाट अभिनेत्री बन्न काठमाडौं आएकी जियाले उक्त चलचित्रपछि एटिएम, बर्बाद, वाचा, रिङरोड, रङ वे आदि चलचित्रमा अभिनय गरिन् । पछिल्लो समय भने उनी चलचित्र अभिनयबाट लगभग अलगजस्तै छिन् ।

    भुवन र जीयाको यो लुकिछिपी प्रेमले कहिले औपचारिकता पाउला त ? जीयाले भुवनसँग बिहे गर्ने चाहना सार्वजनिकरुपमै राखे पनि भुवनले भने अहिलेसम्म हरियो बत्ति बालिसकेका छैनन् । यसबारे उनले सार्वजनिकरुपमा केही टिप्पणी गरेका पनि छैनन् ।

    प्रकाशित मिति :आषाढ १८ २०७८ शुक्रवार - १५:३८:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij