Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बलेरो दुर्घटना : करेन्ट लागेर २ जनाको मृत्यु, ११ घाइते

बलेरो दुर्घटना : करेन्ट लागेर २ जनाको मृत्यु, ११ घाइते


  • 8.0K
    Shares

    बलेरो दुर्घटना :  करेन्ट लागेर २ जनाको मृत्यु, ११ घाइते

    चितवन । चितवनमा सवारी दुर्घटना हुँदा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । घाइतेमध्ये ११ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

    आज बिहान ९ बजेर ५५ मिनेटमा ईच्छाकामना गाउँपालिका ६ जलबिरेस्थित सडकमा चण्डिभञ्जाङबाट राजमार्गतर्फ आईरहेको ना ४ च ५०५० नम्बरको बलेरो आफै अनियन्त्रित भई सडक साइडमा रहेको फलामको बिजुलीको पोलमा ठोकिएको प्रहरीले जनाएको छ ।

    बिजुलीको पोलमा ठोक्किँदा करेन्ट सर्ट भई बलेरो चालकसहित बलेरोमा रहेका करिब २० जनामध्ये दुई जनाको मृत्यु भएको हो । मृतकको सनाखत भइनसकेको चितवन जिल्ला प्रहरी कर्यालयका डिएसपी सुर्य थापाले जानकारी दिए ।

     

    प्रकाशित मिति :मंसिर २६ २०७७ शुक्रवार - ११:२४:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij