२०८२ भाद्र २ गते सोमवार
झापा । झापामा मोटरसाइकलको ठक्करबाट एक स्थानीयको मृत्यु भएको छ । झापाको अर्जुनधारा नगरपालिका-१ सालवारीका ३३ बर्षीय ललित चौधरीलाई मोटरसाइकलले ठक्कर दिएको हो ।
मोटरसाइकलको ठक्करबाट घाइते भएका चौधरीको बि.एण्ड.सी. अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
गएराति राती १० बजेको समयमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ११ प ६२५२ नम्बरको मोटरसाईकलले बाटो छेउमा बसिरहेका चौधरीलाई ठक्कर दिएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij