Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

तीन दिनको मौसम यस्तो हुनेछ, यी ठाउँमा हुँदैछ घनघोर बर्षा 

तीन दिनको मौसम यस्तो हुनेछ, यी ठाउँमा हुँदैछ घनघोर बर्षा 


  • 7.5K
    Shares

    तीन दिनको मौसम यस्तो हुनेछ, यी ठाउँमा हुँदैछ घनघोर बर्षा 

    जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान गरेको छ । देशभर मनसुनी  वायुको  सक्रिय प्रभाव रहेको छ । हाल देशको तराई भू(भाग नजिक  मनसुनी न्युन चापिय रेखा (monsoon trough) रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश  १, प्रदेश २ ,बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा  मध्यमदेखि भारि वर्षा भई बाँकी प्रदेशका एकरदुई स्थानमा हल्का देखी मध्यम वर्षा भईरहेको छ ।

    प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी  प्रदेश र गण्डकी प्रदेशका  केही स्थानहरूमा  मेघ गर्जनर चट्याङ्गसहित भारीर धेरै भारी वर्षाको सम्भावना रहेकोले र उक्त प्रदेशहरूको पहाडी भू-भागमा भु-क्षय, पहिरो तथा गेग्रान  बहाव (debris flow) को जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध छ ।

    त्यस्तै आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका  केही स्थानहरूमा  मेघ गर्जनर चट्याङ्गसहित भारी वर्षा तथा एक दुइ स्थानमा धेरै  भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १,प्रदेश २, बागमती  प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा   मेघ गर्जनर चट्याङ्गसहित भारी  भारी वर्षा र एक दुइ स्थानमा  अति भारि बर्षाको सम्भावना रहेको छ ।

    शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती  प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा  मेघ गर्जनर चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । शनिबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका  थोरै स्थानहरूमा  मेघ गर्जनर चट्याङ्गसहित  भारी वर्षाको सम्भावना रहेको छ ।

    त्यस्तै आइतबार दिउँसो  देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनर चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । आइतबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका  थोरै स्थानहरूमा  मेघ गर्जनर चट्याङ्गसहित  भारी वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका एक दुइ स्थानमा अति भारि बर्षाको पनि सम्भावना रहेको छ ।

    प्रकाशित मिति :आषाढ १८ २०७८ शुक्रवार - ११:०७:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij