Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

पछिल्लो २४ घण्टामा थपिए १२१७ जना कोरोना संक्रमित, १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए १२१७ जना कोरोना संक्रमित, १२ जनाको मृत्यु


  • 8.1K
    Shares

    पछिल्लो २४ घण्टामा थपिए १२१७ जना कोरोना संक्रमित,  १२ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २ सय १७ जना कोरोना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    नेपालमा हालसम्म कुल संक्रमितमध्ये १२ हजार ३ सय ८६ जना सक्रिय संक्रमित छन् । आज १ हजार ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ३१ हजार ६ सय १ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ७ हजार २ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ । नेपालमा हालसम्म १८ लाख १३ हजार २ सय ४ जनाको पिसिआर परीक्षण भएको छ ।

    पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 

    प्रकाशित मिति :मंसिर २५ २०७७ बिहिवार - १६:१३:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij