२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । गायक भिम श्रेष्ठको नयाँ गीत ‘माझी दाई’को भिडियो सार्वजनिक भएसँगै चर्चा सुरु भएको छ ।
नेपाल आइडलबाट चर्चा कमाएकी लोकप्रिय गायिका अस्मिता अधिकारी र भिमको स्वर रहेको गीतका शब्द शृजना फराज अर्पणका हुन् ।
प्रेम, रोमान्स, माझीदाईले माछा मारिरहेका रमाइला दृश्य सहित वियोगान्त प्रेम कथाले भरिएको भिडियोमा गायक भिम र स्मृति श्रेष्ठको अभिनय रहेको छ ।
भिडियोको छायांकन अनिल कटुवाल र फराज अर्पणको रहेको छ । फराज अर्पण र सतिज श्रेष्ठको सम्पादन रहेको गीतको एरेन्ज बिजेश्वर तण्डुकारले गरेका हुन् ।
राजेश्वर तण्डुकारको मिक्स मास्टरिगं रहेको गीतको भिडियोमा सतिज श्रेष्ठको कलर रहेको छ । सार्वजनिक भिडियोलाई गायक श्रेष्ठकै अफिसियल च्यानलबाट बजारमा ल्याइएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij