Logo

२०८२ कार्तिक २ गते आइतवार

२०८२ कार्तिक २ गते आइतवार

१५ वर्षकी बालिकालाई औषधि खुवाएर कम्तीमा २० जनाले यस्तोसम्म गरेपछि...

१५ वर्षकी बालिकालाई औषधि खुवाएर कम्तीमा २० जनाले यस्तोसम्म गरेपछि...


  • 8.2K
    Shares

    १५ वर्षकी बालिकालाई औषधि खुवाएर कम्तीमा २० जनाले यस्तोसम्म गरेपछि...
    images

    १५ वर्षकी एक किशोरीलाई पहिले नयाँ स्कुल जाने झोला किनिदिने भन्दै लोभ्याएर अपहरण गरियो । त्यसपछि उनलाई ८ दिनसम्म कम्तीमा २० फरक फरक व्यक्तिले बलात्कार गरेका छन् ।

    प्रहरीले यस विषयमा करिब १८ जनालाई पक्राउ गरेको छ जसमा ४ जना नाबालिग भएको बताइएको छ । उजुरी दर्ता भएको १० दिनसम्म पनि कुनै कारवाही नगरेको आरोपमा २ जना प्रहरीलाई निलम्बन गरिएको छ ।

    १५ वर्षकी ती किशोरीलाई एक साथी र अर्का एक किशोरले सकुल ब्याग किनिदिने भन्दै भारतको झलावार सहरमा लिएर गएको टाइम्स अफ इण्डियाले जनाएको छ ।

    पीडितका अनुसार त्यसपछि उनलाई पार्ककमा लगेर नशालु औषधि ख्वाइयो त्यसपछि उनलाई २ वा तीन जनाले बलात्कार गरे । पीडितका अनुसार त्यसपछि उनलाई कैयौं पुरुषहरुले बलात्कार गरे । बलात्कार गर्नेहरुमध्ये ४ जना नाबालिग थिए । उनलाई ८ दिनसम्म सहरका विभिन्न स्थानहरुमा लगेर बलात्कार गरिएको थियो ।

    अहिले यस घटनासँग सम्बन्धित कम्तीमा १८ जनालाई पक्राउ गरिएको छ । २ बरिष्ठ पुलिस अधिकारीलाई निलम्बन गरिएको अधिकारीहरुले पुष्टि गरेका छन् ।

    स्थानीय पुलिसका एसपी शरद चौधरीले भने ‘यी पुलिस अधिकारीहरु घटनाको १० दिनसम्म पनि कुनै कारवाही अगाडि बढाउन र किशोरीको रक्षा गर्न असफल रहेका थिए ।’ बाल कल्याण समितिका सदस्यहरु बालिकाको घरमै पुगेर उनको बयान रेकर्ड गरेका छन् ।

    प्रकाशित मिति :आषाढ १३ २०७८ आइतवार - १२:२९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij