Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

१५ वर्षकी बालिकालाई औषधि खुवाएर कम्तीमा २० जनाले यस्तोसम्म गरेपछि...

१५ वर्षकी बालिकालाई औषधि खुवाएर कम्तीमा २० जनाले यस्तोसम्म गरेपछि...


  • 8.6K
    Shares

    १५ वर्षकी बालिकालाई औषधि खुवाएर कम्तीमा २० जनाले यस्तोसम्म गरेपछि...

    १५ वर्षकी एक किशोरीलाई पहिले नयाँ स्कुल जाने झोला किनिदिने भन्दै लोभ्याएर अपहरण गरियो । त्यसपछि उनलाई ८ दिनसम्म कम्तीमा २० फरक फरक व्यक्तिले बलात्कार गरेका छन् ।

    प्रहरीले यस विषयमा करिब १८ जनालाई पक्राउ गरेको छ जसमा ४ जना नाबालिग भएको बताइएको छ । उजुरी दर्ता भएको १० दिनसम्म पनि कुनै कारवाही नगरेको आरोपमा २ जना प्रहरीलाई निलम्बन गरिएको छ ।

    १५ वर्षकी ती किशोरीलाई एक साथी र अर्का एक किशोरले सकुल ब्याग किनिदिने भन्दै भारतको झलावार सहरमा लिएर गएको टाइम्स अफ इण्डियाले जनाएको छ ।

    पीडितका अनुसार त्यसपछि उनलाई पार्ककमा लगेर नशालु औषधि ख्वाइयो त्यसपछि उनलाई २ वा तीन जनाले बलात्कार गरे । पीडितका अनुसार त्यसपछि उनलाई कैयौं पुरुषहरुले बलात्कार गरे । बलात्कार गर्नेहरुमध्ये ४ जना नाबालिग थिए । उनलाई ८ दिनसम्म सहरका विभिन्न स्थानहरुमा लगेर बलात्कार गरिएको थियो ।

    अहिले यस घटनासँग सम्बन्धित कम्तीमा १८ जनालाई पक्राउ गरिएको छ । २ बरिष्ठ पुलिस अधिकारीलाई निलम्बन गरिएको अधिकारीहरुले पुष्टि गरेका छन् ।

    स्थानीय पुलिसका एसपी शरद चौधरीले भने ‘यी पुलिस अधिकारीहरु घटनाको १० दिनसम्म पनि कुनै कारवाही अगाडि बढाउन र किशोरीको रक्षा गर्न असफल रहेका थिए ।’ बाल कल्याण समितिका सदस्यहरु बालिकाको घरमै पुगेर उनको बयान रेकर्ड गरेका छन् ।

    प्रकाशित मिति :आषाढ १३ २०७८ आइतवार - १२:२९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij