Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

जुलाई १ देखि फोरके गेमिङ फेसबुकको गेमिङ पार्टनर प्रोग्राममा सहभागी हुँदै, अब युट्युबमा लाइभ स्ट्रिम नहुने

जुलाई १ देखि फोरके गेमिङ फेसबुकको गेमिङ पार्टनर प्रोग्राममा सहभागी हुँदै, अब युट्युबमा लाइभ स्ट्रिम नहुने


  • 8.5K
    Shares

    जुलाई १ देखि फोरके गेमिङ फेसबुकको गेमिङ पार्टनर प्रोग्राममा सहभागी हुँदै, अब युट्युबमा लाइभ स्ट्रिम नहुने
    images

    फोरके गेमिङ नेपाल फेसबुकको गेमिङ पार्टनर प्रोग्राममा सहभागी हुने भएको छ । आउँदो जुलाई १ देखि फोरके गेमिङ नेपाल फेसबुकको गेमिङ पार्टनर प्रोग्राममा सहभागी हुने भएको हो । 

    फेसबुकले फोरके गेमिङलाई गेमिङ पार्टनर प्रोग्राममा सहभागी हुन अफर गरेपछि यस्तो निर्णय लिइएको हो ।  

    फेसबुकको गेमिङ पार्टनर कार्यक्रममा सहभागी भएपछि ७ जना खेलाडी र एकजना व्यवस्थापकलाई मासिक तलब दिन सक्ने भएकाले फेसबुक गेमिङ पार्टनर प्रोग्राममा सहभागी हुन लागेको फोरके गेमिङ नेपालका संस्थापक पवन जंग शाहीले जानकारी दिए । 

    उनले आफ्नो लागि मात्रै नभएर सम्पूर्ण फोरके परिवारको लागि फेसबुकको गेमिङ पार्टनर प्रोग्राममा जान लागेको बताए । साथै प्रत्येक सिजनमा दर्शकका लागि २० भन्दा बढी रोयल पास गिभअवे गर्ने पनि उनले घोषणा गरे । अब फेसबुकमा गइसकेपछि एकजनालाई कम्तिमा पनि मासिक २० हजार तलब दिन सक्ने शाहीले बताए ।

    फेसबुकबाट मात्रै अब फोरके गेमिङको लाइभ स्ट्रिम हुनेछ । फेसबुकमा फोरके गेमिङ नेपालको ४ लाख ४१ हजार फ्लोअर छन् । युट्युबको आम्दानीबाट खेलाडिलाई मासिक तलब दिन नसकिने उनले बताए । अब फोरके गेमिङको लाइभ स्ट्रिम युट्युबमा हुने छैन् । 

    तर एडिट गरेका भिडियो भने युट्युब अपलोड हुनेछन् । हाल फोरके गेमिङको युट्युब च्यानलमा ९ लाख ४० हजार सब्सक्राइबर छन् । 

    प्रकाशित मिति :आषाढ १३ २०७८ आइतवार - ११:२९:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij