Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बरु होस् छिन्न भिन्न तर देउवालाई धोका दिन्न भन्दै माधवले सुनाए ओलीले दिएको हैरानीको कथा

बरु होस् छिन्न भिन्न तर देउवालाई धोका दिन्न भन्दै माधवले सुनाए ओलीले दिएको हैरानीको कथा


  • 6.3K
    Shares

    बरु होस् छिन्न भिन्न तर देउवालाई धोका दिन्न भन्दै माधवले सुनाए ओलीले दिएको हैरानीको कथा

    नेकपा एमाले बाट कारबाहीमा परेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ता गर्ने कुनै सम्भावना नरहेको बताएका छन् । नेपालले आफूहरूको विचार समूह विपक्षी गठबन्धनबाट नबाहिरिने स्पष्ट गरे । 

    विपक्षी ५ दलले शनिवार पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा नेता नेपालले सर्वोच्च अदालतमा दिइएको निवेदनबाट फिर्ता हुने सम्भावना नरहेको बताए ।

    ‘माधव नेपाल धोका दिने मान्छे होइन, हस्ताक्षर फिर्ता गर्ने, सर्वोच्चबाट पछाडि हट्नेवाला छैन । लोकतन्त्र जोगाउने गठबन्धनमा प्रतिबद्ध छौं,’ नेता नेपालले भने । 

    नेता नेपालले प्रधानमन्त्री पदको आश्वासनबाट आफू विचालित नहुने बताए । ‘प्रधानमन्त्री पद दिएपछि माधव नेपाल विचलित हुने हो कि ? विगतमा नेकपा रहेको बेलामा पनि प्रधानमन्त्रीको प्रलोभनमा प्रचण्ड र मलाई जुधाउन खोजिएको हो तर यस्ता प्रलोभनमा फस्ने मान्छे होइन,’ नेपालले भने ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको पटक–पटकको धोका र चालबाजीले गर्दा हैरान भएर आफूहरू पार्टीभित्र विद्रोहमा उभिएको उनले बताए । नेता नेपालले संविधानको धारा ७६(५) को प्रधानमन्त्रीका लागि दलीय ह्वीप नलाग्ने दाबी गरे ।

    ‘संविधानको धारा ७६(५) ले प्रधानमन्त्री बनाउने अधिकार सांसदलाई दिएको छ, विश्वासको मत लिने बेलामा मात्र दलीय ह्वीप लाग्छ । त्यो बेला सिनारियो परिवर्तन हुन सक्छ,’ नेपालले भने ।

    प्रकाशित मिति :आषाढ १२ २०७८ शनिवार - १७:३०:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij